बार्सिलोना(स्पेन), ७ चैत्र । स्पेनमा भएको २०औं ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली खेलाडी सन्दिपा अमगाईं र सन्जीव नेपालीले कास्य पदक जितेका छन् ।
मार्सल आर्टस् फेडेरेसन अफ क्याटलानको आयोजनामा बारबेरा डेल भ्याली एरिनामा भएको खेलमा दुवैले फाइटतर्पm पदक जिताउन सफल भएको नेपाली टोलीका प्रशिक्षक अमरराज लामाले जानकारी दिएका छन् ।
फाइटतर्पm महिला ४९ केजी तौलसमूहको सेमिफाइनलमा आयोजक राष्ट्रका खेलाडीसँग समान १५–१५ स्कोर भए पनि रेफ्री निर्णयको आधारमा स्तब्ध भएपछि सन्दिपा कांस्य पदकमै सीमित भइन् ।
पुरुषको ८४ केजीको फाइटमा प्रतिस्पर्धा गरेका सन्जीव पनि आयोजकका खेलाडीसँग सेमिफाइनलमै पराजित भएका थिए ।