Prakash Adhikari April 4, 2019

काठमाडौं,२१ चैत्र । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ ।

उहाँले लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई १ सय २७ मतले पराजित गर्दै विजयी बन्नुभएको हो ।

श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गर्नुभएको थियो पोखरेलले ३ हजार २७ मत प्राप्त गर्नुभएको थियो ।

NEON Judiciary को फोटो।

NEON Judiciary को फोटो।

सर्वोच्चको मतदान केन्द्रबाट मतदान भएका मतपत्रमा अध्यक्ष खाली राखेर बाँकी लोकतान्त्रिक प्यानललाई मतदान गरिएको भेटिएको थियो । त्यस्ता मत झण्डै सात दर्जन जति थिए ।

पोखरेलको उम्मेदवारीमा लोकतान्त्रिक समूहका वरिष्ठमध्येका केही अधिवक्ताहरुले असन्तुष्टी जनाउनुभएको थियो । उहाँहरको नकारात्मक भोटिड.कै कारण पोखरेल लगायत लोकतान्त्रिक प्यानललाई नोक्सान पुगेको बताइन्छ ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गर्नुभएको हो ।

पौडेलले ३ हजार २ सय ७ मत ल्याउनुभएको छ भने थापाले २ हजार ९ सय ४० मत प्राप्त गर्नुभएको छ ।

Share Now

Leave a comment.