Prakash Adhikari April 4, 2019

काठमार्डौ,२१ चैत्र । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल खेलको नयाँ वरियता सार्वजनिक गरेको छ ।
फिफाले बिहीबार निकालेको नयाँ वरियतामा नेपाल १ सय ६१औं स्थान मै यथावत रहेको छ । नेपाल दक्षिण एसियामा नेपाल चौथो स्थानमा रहेको छ ।

दक्षिण एशियामा शिर्ष स्थानमा रहेको भारत विश्व वरियतामा १ सय १ स्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको अफगानिस्तान विश्व वरियतामा १ सय ४९औं स्थानमा छ भने तेस्रो स्थानमा रहेको माल्द्धिभ्स फिफा बरियतामा १ सय ५१औं स्थानमा छ ।

रसिया विश्वकपको सेमिफाइनलिस्ट बेल्जियम फिफा वरियताको शिर्ष स्थानमा छ । त्यस्तै विश्व च्याम्पियन फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजील भने तेस्रो स्थानमा रहेको छ ।

 

Share Now

Leave a comment.