Prakash Adhikari April 4, 2019

 

काठमाडौं,२१ चैत्र । नेपाल धितोपत्र बोर्ड आर्थिक सहयोग र विकास संगठन(अर्गनाईजेशन अफ इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेण्ट-ओईर्सिडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अफ फाइनान्सियल एजुकेसन (आईएनएफई) को पूर्णकालीन सदस्य भएको छ।

बोर्डले विश्वव्यापी रुपमा वित्तीय साक्षरता सम्बन्धी कार्य गर्ने गरि स्थापना भएको संस्थाको सदस्यता लिएको हो।

नेपालमा वित्तीय साक्षरता न्यून रहेकोले वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमको समन्वय गर्नका लागि उपयुक्त वातावरण तयार हुने बोर्डले जनाएको छ।

ओइसिडीले सन् २००८ मा वित्तीय साक्षरताको कार्यक्रमका लागि आर्इएनएफर्इको स्थापना गरेको थियो।
हाल यस संस्थामा विश्वका ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्य रहेका छन्।

बोर्डले आगामी असार १७ र १८ गते अन्तर्राष्ट्रिय स्तरको वित्तीय साक्षरता सम्मेलन आयोजना गर्ने भएको छ। बोर्डले ओइसिडी नेपाल कन्फ्रेन्स अन फाइनान्सियल एजुकेसन एण्ड फाइनान्सियल कन्जुमर प्रोटेकन्सन फर डेभलपिङ कन्ट्रिज विषयक प्रथम अन्तर्राष्ट्रिय स्तरको वित्तीय साक्षरता सम्मेलन गर्ने भएको हो।

उक्त सम्मेलनमा दक्षिण एशियाली मुलुक सहित विश्वका अन्य विभिन्न मुलुकका करिव १ सय जना भन्दाबढि प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।

Share Now

Leave a comment.