यांगुन(म्यानमार),२६ चैत्र । सन २०२० मा जापानमा हुने टोकियो ओलम्पिकको छनोटका लागि एशियाको दोस्रो चरणको छनोट खेलको अन्तिम खेलमा नेपाली महिला फुटबल टीमले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समय अनुसार मंगलबारदेखि दिउँसो पौने ३ बजे म्यानमारको बहतू रंगशालामा हुनेछ।
म्यानमार र भारसंग भएको प्रतिस्पर्धामा लगातार हार व्यहोरेकोले नेपालको आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ।
नेपाल यसअघि भारत र म्यानमारसँग समान ३–१ गोलले पराजित भएको थियो।
इण्डोनेसिया पनि भारत र म्यानमारसँग पराजित भइसकेकाले उसका लागि पनि आजको
खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ।


















