Prakash Adhikari April 9, 2019

सिमरा(बारा),२६ चैत्र। बारामा मंगलबार बिहान हावाहुरीसहित असिना पानी परेपछि दुई साता पहिलेको आँधीबाट पीडितहरु थप सकसमा परेका छन् ।

हुरी र असिनाको चिसोले एसईई परीक्षा दिन कक्षामा बसेका विद्यार्थीहरु प्रभावित भएपछि परीक्षाको समय आधा घण्टा बढाउने निर्णय गरिएको छ ।

असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।

हावाहुरीले करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ ।

हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पनि पुर्याएको छ ।

सरकारले यस पहिले आएको आँधी प्रभावितको लागि भवन बनाएर पुनस्थापना गर्ने जिम्मा नेपाली सेनालाई दिएको र आउने बर्षा अर्थात असार अगावै घर निर्माण सकिने बताए पनि चैत्रदेखि सुरुभएको मनसूनपहिलेका मौसमी प्रकोपबाट प्रभावितलाई बचाउन अस्थायी बसोबासको राम्रो प्रबन्ध गर्न जरुरी देखिएको छ ।

Share Now

Leave a comment.