सातदोबाटो(ललितपुर), ३ बैशाख। एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटको दोस्रो चरण खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।
अखिल नेपाल फुटबल संघले सोमबार टोलीको घोषणा गरेको हो ।
टोलीमा अन्जना राना मगर, रेबिका राई, उषा नाथ, नीषा थोकर, शुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला बिक, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर, सरु लिम्बु, मन्जली कुमारी योन्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुसुवार, प्रिती राई, सम्झना लावती, रेश्मी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय रहेका छन् ।
छनौटतर्फ समूह ए मा रहेको नेपाली टोलीले आयोजक म्यानमार, अष्ट्रेलिया र उज्बेकिस्तान विरुद्ध खेल्नेछ ।
नेपालले आफ्नो पहिलो खेल २६ अप्रिलका दिन अष्ट्रेलियासँग खेल्नेछ भने २८ अप्रिलका दिन उज्बेकिस्तानसँग खेल्नेछ । त्यस्तै अन्तिम खेल भने ३० अप्रिलका दिन घरेलु टोली म्यानमारसँग खेल्नेछ ।
नेपाली टोली म्यानमार प्रस्थान गर्नुअघि दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्न चीन जाने भएको छ ।
चीनको चेन्दुमा उमेर समूहको टोलविरुद्ध दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम नेपाली टोलीको रहेको छ ।