क्वालालम्पुर(मलेशिया), ३ बैशाख । आईसीसी अन्डर -१९ विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल टोलीले ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
सेलाङ्गोर टर्फ क्लब क्वालालम्पुरमा भैरहेको खेलमा टस हारेर नेपालले ब्याटिड.को निम्तो पाएको छ ।
नेपालले ११ औं ओभर सकिदा २ विकेटको क्षतिमा ४० रन जोडेको छ ।
प्रतियोगितामा ओमानले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ।
ओमानले कुवेतसंग पहिलो खेलमा ८ विकेटको पराजय बेहोरेको थियो जसपछि दोश्रो खेलमा मलेसियालाई ४६ रनले पराजित गरेको थियो।
सोमबार भएको तेश्रो खेलमा बर्षाले बाधा पुर्याएपछि भएको डी एल मेथडको नतिजामा ओमानलाई सिंगापुरले ५ विकेटले पराजित गरेको थियो।
ओमानसंग नेपालको इतिहास
ओमान र नेपाल यु-१९ टिम बीच इतिहासमा २ पटक प्रतिस्पर्धा भएको छ जसमा नेपालले सहजै जित हात पारेको थियो।
ओमान यु-१९ टिमसंग नेपालले सन् २०११ मा पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। थाईल्याण्डमा सम्पन्न एसीसी यु-१९ इलाइट कपमा नेपालले ३ सय ४ रनले ओमानलाई पराजित गरको थियो।
खेलमा पहिले ब्याटिंग गरेको नेपालले ३ सय ९१ रनको योगफल तयार गरेको थियो।
लक्ष्य पछ्याउने क्रममा ओमान ८७ रनमा सिमित भयो।
फैजलुर रहमानले नेपालको लागि शतक बनाउने क्रममा १०१ रन बनाएका थिए भने सागर पुनले ८३, प्रदिप ऐरीले ८६ रन बनाएका थिए।
बलिड.मा राहुल विश्वकर्माले ३ र अभिनाश कर्णले २ विकेट लिएका थिए।
त्यस अघि सन् २००७ मा ओमानलाई नेपालले ८ विकेटले पराजित गरेको थियो। त्यस बेला ओमान ९० रनमा सिमित हुँदा ९१ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गरेको थियो।
अमृत भट्टराई, अभय राना, राज श्रेष्ठ र राहुल विश्वकर्माले २र२ विकेट लिएका थिए भने ब्याटिंगमा ज्ञानेन्द्र मल्लले अविजित ५८ रन बनाएका थिए।
बर्षाको कारण युएईसंगको खेल पूरा ओभर नखेलिकन डी एल मेथडका आधारमा नतिजा युएईलाई सुम्पन परेपछि नेपालको विश्वकप यात्रा आफ्नो मेहनत र भाग्य दुवैको साथ चाहिने भएको छ ।।
प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई पहिलो खेलमा २ सय १७ रनले पराजित गरेको थियो भने युएईसंग १ रनले ( डी /एल मेथड ) पराजित भएको थियो।
तेश्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्यो।
ICC Asia Under-19s World Cup Qualifier
TEAM | M | W | L | PT | NRR |
---|---|---|---|---|---|
UAE19 | 3 | 3 | 0 | 6 | 1.598 |
NEP19 | 3 | 2 | 1 | 4 | 3.209 |
Kuw19 | 3 | 2 | 1 | 4 | 0.416 |
Omn19 | 3 | 1 | 2 | 2 | -0.936 |
SIN19 | 3 | 1 | 2 | 2 | -2.568 |
MAL19 | 3 | 0 | 3 | 0 | -2.039 |
अंकतालिकामा नेपाल दोश्रो स्थानमा रहेको छ भने युएई ३ खेलमा शतप्रतिशत जित सहित पहिलो स्थानमा रहेको छ। ३ खेलमा २ जित र १ हार बेहोरेको कुवेत नेपाल भन्दा नेट रनरेटमा पछि पर्दै तेश्रो स्थानमा रहेको छ।
विश्वकप छनौट हुने सम्भावना कायम राख्न नेपालले प्रतियोगिताको बाँकी खेल जितेर मात्रै हुनेछैन त्यो संगै युएईले कम्तिमा १ खेल हार्न समेत पर्नेछ।
प्रतियोगितामा बलियो देखिएको युएईले मंगलवार सिंगापुरको र बिहिबार ओमानको सामना गर्नेछ।
नेपालले प्रतियोगितामा अप्रिल १८ बिहिबार कुवेतसंग प्रतिस्पर्धा गर्नेछ।
मलेशियामा भैरहेको विश्वकप एशिया छनौट खेलमा बर्षाले खेलको नतिजा यताउता पारेको छ । नेपाल र युएईको खेलमा बर्षाले युएईलाई फाइदा भए जस्तै हिजोको ओमान र सिंगापुरको खेलमा सिंगापुरलाई फाइदा भएको छ ।
यस्तै चमत्कारिक प्राकृतिक न्याय भएर युएईले एक खेल हारेमा नेपालको विश्वकप सपना साकार बन्नेछ नत्र युएई तगारो हुने देखिन्छ ।