मुम्बई(भारत), ३ बैशाख । भारतको चर्चित घरेलु लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को चालु १२ औं संस्करणमा यसै बर्षको एक दिवसीय विश्वकप खेल्ने भारतीय राष्टिय टीमका कप्तान विराट कोहलीको टोलीले ८ खेलमा ७ हार ब्यहोरेको छ ।
सोमबार राति मुम्बईको वान्खडे क्रिकेट मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भएको हो।
पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनायो ।
उसका लागि एवी डि भिलियर्सले विस्फोटक ७५, मोइन अलीले ५० र ओपनर पार्थिव पटेलले २८ रनको योगदान गरे ।
बैंगलोरका ४ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
जवाफमा मुम्बर्इले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।
मुम्बइको जितमा क्विन डी ककले ४० तथा कप्तान रोहित शर्माले २८ रन बनाए ।
यस्तै इशान किशनले २१ र हार्दिक पाण्ड्याले ३७ रन बनाए ।
यो जितपछि बैंग्लोरको प्लेअफ पुग्ने सपना तुषरापात भएकोछ भने मुम्बई ८ खेलमा ५ खेलमा जित र ३ खेलमा हार व्यहोर्दै १० अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको छ ।


















