Prakash Adhikari April 16, 2019

क्वालालम्पुर(मलेशिया),३ बैशाख । आईसीसी यु १९ विश्वकप छनोट (एशिया) अन्तरगत नेपाली टीम र ओमानबीच भैरहेको खेलमा नेपालले ओमानसामु २ सय ३० रनको चुनौति प्रस्तुत गरेको छ ।

सेलाङ्गोर टर्फ क्लब क्वालालम्पुरमा भैरहेको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४४ औं ओभरको दोस्रो बलमा अल आउट हुँदै २ सय २९ रन बनाएको थियो ।

नेपालका पहिलो नम्बरमा रहेका ब्याट्सम्यानहरु सस्तैमा बाहिरिदा नेपालले पूरा ओभर खेल्न सकेन ।

नेपालले आज राम्रो सुरुवात गर्न सकेन् । ओपनर ऋत गौतम र पवन सर्राफको जोडी मैदानमा टिक्न सकेन । नेपालका पवन सर्राफ ५ रनमा आउट भए भने ऋत गौतम १० रनमा पेभेलियन फर्किए । १२ रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो ।आजको खेलमा डेब्यु गरेका अभिनाश बस्नेत १५ रनमा आउट भएपछि स्कोर ६२ रन हुँदा नेपालको तेस्रो विकेट झर्यो ।

त्यसपछि नेपालको स्कोर ७५ पुग्दा भरपर्दा मानिएका खेलाडी सन्दीप जोरा ४ रनमा आउट भएपछि नेपालले चौथो विकेट गुमायो ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम रोकिएन । डेब्यु खेलमा अर्धशतक बनाएका हरि चौहान २ रनमा आउट भए । ८९ रनमा पाँच विकेट गुमाएपछि नेपाल निकै चर्को दवावमा परेको थियो ।

त्यसपछि ब्याट सम्हालेका कप्तान रोहितकुमार पौडेल र भिम सार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुग्यो । तर कप्तान रोहित ७५ रनमा आउट हुन पुगे पछि भिम पनि लगत्तै ३९ रनमा बाहिरिए ।

नेपालले १ सय ७५ रनमा सात विकेट गुमाइसकेको थियो। तर त्यसपछि आएका कुशल मल्लपनि २ रनमा आउट भएपछि आठौं विकेट गयो । लगत्तै कमलसिंह ऐरी १ रनमा आउट भएपछि नेपालले नबौ विकेट गुमायो ।

१० औं विकेट जोगाउदै प्रतिश जिसी र सूर्य तामाड.ले पारि सम्हाले । अन्तिममा प्रतिश जिशीले विस्फोटक ४१ रन बनाएपछि नेपालले बलियो लक्ष्य दिन सफल भयो ।

प्रतियोगिता अन्तरगत हालसम्म सम्पन्न ३ खेलमा दुईमा जित र १ मा हार व्यहोर्दै नेपाल ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा ओमानले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ।

ओमानले कुवेतसंग पहिलो खेलमा ८ विकेटको पराजय बेहोरेको थियो जसपछि दोश्रो खेलमा मलेसियालाई ४६ रनले पराजित गरेको थियो।

सोमबार भएको तेश्रो खेलमा बर्षाले बाधा पुर्याएपछि भएको डी /एल मेथडको नतिजामा ओमानलाई सिंगापुरले ५ विकेटले पराजित गरेको थियो।

ICC Asia Under-19s World Cup Qualifier

TEAM M W L PT NRR
UAE19 3 3 0 6 1.598
NEP19 3 2 1 4 3.209
Kuw19 3 2 1 4 0.416
Omn19 3 1 2 2 -0.936
SIN19 3 1 2 2 -2.568
MAL19 3 0 3 0 -2.039

अंकतालिकामा नेपाल दोश्रो स्थानमा रहेको छ भने युएई ३ खेलमा शतप्रतिशत जित सहित पहिलो स्थानमा रहेको छ। ३ खेलमा २ जित र १ हार बेहोरेको कुवेत नेपाल भन्दा नेट रनरेटमा पछि पर्दै तेश्रो स्थानमा रहेको छ।

विश्वकप छनौट हुने सम्भावना कायम राख्न नेपालले प्रतियोगिताको बाँकी खेल जितेर मात्रै हुनेछैन त्यो संगै युएईले कम्तिमा १ खेल हार्न समेत पर्नेछ।

प्रतियोगितामा बलियो देखिएको युएईले मंगलवार सिंगापुरको र बिहिबार ओमानको सामना गर्नेछ।

नेपालले प्रतियोगितामा अप्रिल १८ बिहिबार कुवेतसंग प्रतिस्पर्धा गर्नेछ।

मलेशियामा भैरहेको विश्वकप एशिया छनौट खेलमा बर्षाले खेलको नतिजा यताउता पारेको छ ।

नेपाल र युएईको खेलमा बर्षाले युएईलाई फाइदा भए जस्तै हिजोको ओमान र सिंगापुरको खेलमा सिंगापुरलाई फाइदा भएको छ ।

यस्तै चमत्कारिक प्राकृतिक न्याय भएर युएईले एक खेल हारेमा नेपालको विश्वकप सपना साकार बन्नेछ नत्र युएई तगारो हुने देखिन्छ ।

Share Now

Leave a comment.