Prakash Adhikari April 18, 2019

 

काठमाडौँ, ५ बैशाख । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशहरुलाई अनुमोदन गरेको छ ।

समितिले बिहीबार पाँचै जनाको सुनुवाइ गरेको थियो ।

न्याय परिषद्ले प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारीस गर्दै अनुमोदनको लागि संसदको सार्वजनिक सुनुवाइ समितिमा पठाएको थियो ।

सुनुवाई समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो ।

शर्माको विषयमा परेको योग्यतासम्बन्धी उजुरी परेको थियो। तर, बिहीबारले शर्माले आफू १८ वर्षदेखि निरन्तर रुपमा सेवामा रहेको जवाफ दिएपछि समितिले अनुमोदन गर्‍यो।

Share Now

Leave a comment.