नयादिल्ली(भारत), ५ बैशाख । नेपाल क्रिकेट स्टार सन्दीप आबद्ध दिल्ली क्यापिटल्स जारी १२ औं संस्करणको ४० औ खेलमा आफ्नै घरेलु मैदान दिल्लीमा मुम्बई इण्डियन्सबाट ४० रनले पराजित भएको छ ।
दिल्लीको फिरोज साँ कोट्ला मैदानमा भएको खेलमा टस जितेर मुम्बईले ब्याटिड. रोजेको थियो ।
निर्धारित २० ओभरको खेलमा मुम्बईले ५ विकेटको क्षतिमा १ सय ६८ रन जोडेको थियो ।
१ सय ६९ रनको लक्ष्य लिएको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै जम्मा १ सय २८ रन मात्र जोड्न सक्यो ।
Delhi Capitals: Prithvi Shaw, Shikhar Dhawan, Colin Munro, Shreyas Iyer (c), Rishabh Pant (wk), Chris Morris, Axar Patel, Keemo Paul, Kagiso Rabada, Amit Mishra, Ishant Sharma
Mumbai Indians: Quinton de Kock (wk), Rohit Sharma (c), Suryakumar Yadav, Kieron Pollard, Hardik Pandya, Ben Cutting, Krunal Pandya, Jayant Yadav, Rahul Chahar, Jasprit Bumrah, Lasith Malinga
दिल्लीको लागि शिखर धवन ३५, अक्षर पटेल २६, पृथ्वी शाँले २०, क्रिस मोरिस ११,कागिसो राबडा ९, ऋषभ पन्त ७, अमित मिश्रा ६, श्रेयस ऐय्यर र कोलिन मुनरोले ३।३ रन बनाए ।
दिल्लीलाई लक्ष्य हासिल गर्नबाट रोक्न मुम्बईका राहुल चहारले ३, जसप्रित बुमराह २ तथा हार्दिक पाण्डेय, क्रुणाल पाण्डेय र लसिथ मालिड.गाले १ । १ विकेट लिए ।
यस अगाडि टस जितेर ब्याटिड. गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै १ सय ६८ रनको योगफल तयार पारेको थियो ।
मुम्बईका लागि क्रुणाल पाण्डेयले ३७, क्वीनटन डे ककले ३५, रोहित शर्मा ३०, सूर्य नारायण यादवले २६,हार्दिक पाण्डेय ३२ र वेन कटिड.ले २ रनको योगदान दिएका थिए ।
मुम्बईलाई रोक्ने क्रममा दिल्लीका कागिसो राबडाले २ , अक्षर पटेल र अमित मिश्राले १ । १ रन लिए ।
दिल्लीको पिच बलरहरुको लागि उपयुक्त मानिएकोले सन्दीपलाई खेल्न दिएको भए दिल्लीलाई लाभ हुन सक्ने विश्लेषण समीक्षकहरुले गरेका थिए । बाहिरको मैदानमा आफैले पराजित गरेको प्रतिस्पर्धीलाई दिल्लीले आफ्नै घरेलु मैदानमा भने आफै पराजित हुन परयो ।
यस अगाडि मुम्बईमा सम्पन्न खेलमा दिल्लीले मुम्बईलार्ई ३७ रनले पराजित गरेको थियो ।
Indian Premier League
TEAM | M | W | L | PT | NRR |
---|---|---|---|---|---|
CSK | 9 | 7 | 2 | 14 | 0.101 |
MI | 9 | 6 | 3 | 12 | 0.442 |
DC | 9 | 5 | 4 | 10 | 0.146 |
KXIP | 9 | 5 | 4 | 10 | -0.015 |
SRH | 8 | 4 | 4 | 8 | 0.549 |
KKR | 8 | 4 | 4 | 8 | 0.35 |
RR | 8 | 2 | 6 | 4 | -0.589 |
RCB | 8 | 1 | 7 | 2 | -1.114 |
आईपीएलको ३४ औं खेलको नतिजा पश्चात ९ । ९ खेल खेलेका टीम मध्ये चेन्नई ७ जीत सहित १४ अंक लिएर शीर्षस्थानमा छ । दोस्रो स्थान ६ खेलमा जित निकालेको मुम्बईले बनाएको छ, १२ अंक जोडेर । तेस्रो स्थानमा दिल्ली क्यापिटल्स रहेको छ ५ खेलमा जितसहित १० अंक लिएर । १० अंक जोडेर किंग्स् इलाभेन पञ्जाब चौथो स्थानमा पुगेको छ ।
८ । ८ खेल खेलेका अन्य सन राईजर्स हैदराबाद र कोलकोता नाइट राइडर्स ४ मा जित र ४ मा हार व्यहोदै पाँचौ र छैठौं स्थानमा छन् भने दुई खेलमा जित निकालेको राजस्थान रोयल्स सातौ र १ खेलमा जित हात पारेको रोयल च्यालेञ्जर्स बैंगलोर आठौं स्थानमा रहेको छ ।