Prakash Adhikari April 20, 2019

 

कोलकोता(पश्चिम बंगाल, भारत), ७ बैशाख । भारतको चर्चित घरेलु लिग इन्डियन प्रिमियर लिग(आईपीएल)को १२ औं संस्करण अन्तर्गत भएको ३५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

कोलकोताको घरेलु मैदान इडेन गार्डेन सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बैंगलोरले दिएको २ सय १३ रन बनाएको थियो । २ सय १४ रनको लक्ष्य पाएको कोलकाताका पहिलो प्राथमिकतामा मैदानमा उतारिएका ब्याट्सम्यानहरुले राम्रो खेल्न सकेनन् । क्रिस लिन १ रन, सुनिल नारायण १८ रन, शुबमन गिल र रोबिन उथप्पा समान ९ रन बनाएर आउट भए ।

Image result for RCB vs KKR 2019

११.५ ओभरमा टीमको स्कोर ७९ / ४ को अवस्थामा हुँदा ब्याटिड. सम्हाल्न आएका नितिश राना र आन्द्रे रसेलले विस्फोटक ब्याटिंग गर्दै कोलकातालाई विजयको संघारमा पुर्याए।

अन्तिम ओभरपुग्दा कोलकोताको प्रदर्शनसंग सबै आशावादी थिए । राना र रसेलको जोडीले आवश्यक छक्का र चौका हिर्काएका थिए । तर अन्तिम ओभर पुग्दा कोलकोताको लागि ६ बलबाट २४ रन निकाल्नु पर्ने थियो । हरेक बल महत्वपूर्ण । ओभरको पहिलो बलमा मोइन अलीले दिएको बलमा नितिस रानाले रन बनाउन सकेनन् । बल वाइड पनि भएन । दोस्रो बलमा उनले १ रन लिए । अब बाँकी ४ बल थियो र त्यसबाट २३ रन निकाल्नु पर्ने थियो । तेस्रो बलमा रसेलले अपेक्षा अनुरुप छक्का हिर्काए । अब ३ बलबाट १७ रन निकाल्न पर्ने थियो । अलीले दिएको चौथो बल खेर गएपछि कोलकोताको आशा समाप्त भयो । बैंगलोरले लामो श्वास फेर्यो । पाँचौ बलमा रसेल आउट भए । छैठौंमा रानाले छक्का नै हिर्काए । कोलकोता १० रनले पराजित हुन पुग्यो ।

यसरी झण्डै फुत्केको जितलाई बैंगलोरका अलीले बचाए ।

कोलकोताको इनिड.मा नितिशले अविजित ८५ रन बनाए जुन क्रममा ४६ बलमा ९ चौका र ५ छक्का प्रहार गरे। रसेलले २५ बलमा ६५ रन बनाउने क्रममा ९ छक्का र २ चौका प्रहार गरे।

२० ओभरमा कोलकाताले ५ विकेट गुमाएर २०३ रन बनाउन सक्यो।

बैंगलोरको लागि डेल स्टेनले २ विकेट तथा नभदीप सैनी र मार्कन स्टोइनिसले १ । १ विकेट लिए।

कोहलीले बनाए शतक

Image result for Virat Kohli

टस हारेर ब्याटिंग गर्ने क्रममा बैंगलोरको सुरुवात राम्रो हुन सकेको थिएन। पार्थिब पटेल ११ र अक्षदीप सिंह १३ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि कप्तान बिराट कोहली र मोइन अलीले ९० रनको सहेदारी गर्दै बैंगलोरको इनिंग उकासे। विस्फोटक ब्याटिंग गरेका अलीले ६ छक्का र ५ चौका मदतले २८ बलमा ६६ रन बनाए।

चौथो विकेटको लागि कोहली र मार्कस स्टोइनिशले ६४ रनको साझेदारी गर्दै टिमको योगफल २ सय कटाए ।

इनिंगको अन्तिम बलमा आउट हुनअघि कोहलीले आईपीएल करियरमा पाँचौ शतक प्रहार गरे। १०० रन बनाउने क्रममा कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। स्टोइनिसले १७ रन बनाए ।

बैंगलोरले अन्तिम ५ ओभरमा मात्रै ९३ रन बनायो।

कोलकाताको बलिङ्गमा ह्यारी गुर्ने , सुनिल नारायण , आन्द्रे रसेल र कुलदिप यादब ले १ । १ विकेट लिए।

Indian Premier League

TEAM M W L PT NRR
CSK 9 7 2 14 0.101
MI 9 6 3 12 0.442
DC 9 5 4 10 0.146
KXIP 9 5 4 10 -0.015
SRH 8 4 4 8 0.549
KKR 9 4 5 8 0.256
RR 8 2 6 4 -0.589
RCB 9 2 7 4 -0.938

हालसम्म खेलिएका ९ खेलमा बंैगलोर दोश्रो जित हात पारेर अंकतालिकाको आठौँ स्थानमा रहेको छ। ८ खेलमा २ जित र ६ हार बेहोरेको राजस्थान नेट रन रेटमा बैंगलोर भन्दा माथि रहँदै सातौँ स्थानमा छ। कोलकाता भने ९ खेलमा ४ जित र ५ हार सहित छैटौं स्थानमा रहेको छ ।

Share Now

Leave a comment.