Prakash Adhikari April 20, 2019

चियाड.माई(थाईल्याण्ड), ७ बैशाख। एसीसी अन्डर १६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तरगत नेपाली टोलीले आज पहिलो खेल म्यानमार विरुद्ध खेल्दैछ ।

म्यानमार क्रिकेटमा नेपालभन्दा तुलनात्मक रुपमा कमजोर रहेकोले आजको खेल सहजै जित्ने अनुमान गरिएको छ ।

खेलमा नेपाली टोलीको कप्तानी बिशालबिक्रम केसीले गरेका छन् ।

नेपालले बिशालबिक्रम केसीको नेतृत्वमा आइस भट्टराई, प्रशान्त महत, अर्जुन कुमाल, दीपक बोहरा, सुबास ऐयर, निखिलकुमार सिंह, बिशालकुमार पटेल, क्रिश कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रशान्त सिंह र सुशान्त थापालाई मैदानमा उतार्ने छ ।

नेपाली टीममा अतिरिक्त खेलाडीको रुपमा अभिषेक गौतम, परशुराम यादभ, अरबाज अन्सारी र विवेक दरासी रहेका छन् ।

आयोजक थाईल्याण्डसहित,म्यानमार,भुटान,चीन,मलेशिया,हंगकंग.सिंगापुर र नेपालको सहभागिता रहेको यो प्रतियोगिता २९ अप्रिलसम्म चल्नेछ ।

नेपाली टीम यसपटक पनि विगतको इतिहास दोहोर्याएर उपाधि जित्नेमा विश्वस्त रहेको छ ।

Share Now

Leave a comment.