Prakash Adhikari May 20, 2019

प्यारिस(फ्रान्स), ६ जेठ । नेपाली अभिनेत्री प्रियंका कार्की ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा सहभागी हुने भएकी छिन्।

अभिनेत्री कार्की फ्रान्सको पेरिसमा हुने कान्स फेस्टिभलमा सहभागिता जनाउन पाउने पहिलो नेपाली कलाकार हुन्।

Image may contain: 1 person, standing

उनले २० मे सोमबारदेखि कान्स् फेस्टिभलमा सहभागी जनाउने छन्। उनले भनेकी छन् , ‘मे २० देखि २४ सम्मका चार वटा कार्यक्रममा मेरो सहभागिता रहनेछ ।’

उनले विश्वका प्रतिष्ठित कलाकारहरु कान्स फिल्म फेस्टिभलको रातो कार्पेटमा विरालो चालमा पाइला सारेको देख्दा आफूमा पनि कुनै दिन सो कार्यक्रममा जाने सपना रहेको र अहिले पूरा भएको बताएकी छन् ।

Image may contain: 8 people, people smiling, people standing, sky and outdoor

कान्सको सहभागिताले प्रफूल्ल भएकी प्रियंकाले भनेकि छन्, ‘नेपालको प्रतिनिधित्व गरेर कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु एकदमै गौरवको कुरा हो।म पनि एक दिन यहाँसम्म पुग्नेछुु भन्ने लाग्थ्यो। यो दिन आइपुग्यो।’

प्रियंकाले कान्समा आफूलाई कान्सको सहभागिता अभिप्रेरित र सहयोग गर्ने रिचर्ड नेल्सन, एलेन लिजर,खेन रिन्पोछे,फूर्वा दोर्जी, तेन्जिड. भुटिया,नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोस जाभियर, रविना देशराज र अनिलकेशरी शाहसहित फ्रेञ्च राजदूतावासका कर्मचारीहरुलाई धन्यवाद पनि दिएकी छन्।

Image may contain: sky, cloud, outdoor, water and nature

Share Now

Leave a comment.