Prakash Adhikari May 19, 2019

रिचर्ड रीभ्स र क्याथरिन गायोट, ब्रुकिङ इन्स्टिट्युशन

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका),५ जेठ(बीबीसी) । अमेरिकाका कलेजमा यतिबेला अमेरिकीहरू र संसारभरका युवाहरू भर्ना हुने प्रक्रियामा छन्।

विख्यात विश्वविद्यालयहरू हार्भर्ड, येल, स्ट्यानफोर्ड देखि समुदायमा आधारित कलेजहरूमा भर्ना समय चलिरहेको छ।

अमेरिकाका नाम चलेका विश्वविद्यालयमा भर्ना गराउने होडबाजीमा त्यहाँका सम्पन्नशाली बाबुआमाले घुस खुवाएको काण्ड अहिले चर्चामा छ।

अमेरिकामा विश्वविद्यालय भर्ना काण्डमा धनी बाबुआमामाले उच्च कोटीका कलेजमा ठाउँ पाउन् भनेर घुस दिएको दावी पछि गरिएको अनुसन्धानमा दर्जनौं मानिसहरूलाई आरोप लगाइएको छ।

सम्पन्नशालीको प्रयास

तर कुन विश्वविद्यालयमा जाने भन्ने कुराले तपाईँलाई के फरक पर्छ?

अनुसन्धान अनुसार त त्यति फरक पर्दैन- तर कम्तिमा सबभन्दा सुविधासम्पन्न पृष्ठभूमिकाहरूलाई भने त्यसले खुब अर्थ राख्छ जस्तो छ।

थुप्रै सम्पन्नशाली बाबुआमाहरूले आफ्ना सन्तानले प्रख्यात विश्वविद्यालयमा ठाउँ पाउन् भनेर ठूलो समय, पैसा र उर्जा खर्च गरिरहेका हुन सक्छन् तर अनुसन्धानले त्यसबाट परिणाममा खासै फरक नहुने देखाएको छ।

आमाछोरीहरू

अर्की अभिनेतृ लरी लफलिनले आफ्ना छोरीहरू ओलीभिया र इसाबेला गियानुलीलाई युनिभर्सिटि अफ साउदर्न क्यालिफोर्नियामा भर्ना सन्दर्भमा एउटा घोटालामा मुछिएकी छन्

बरु असाध्यै कमजोर पृष्ठभूमिका व्यक्तिहरूले धेरै फाइदा लिन सक्छन् तर उनीहरूको पहुँच त्यस्ता विश्वविद्यालयमा कमै हुने गर्छ।

भविष्यको कमाइ

सम्भ्रान्त संस्थाहरूमा पढेकाहरूले भविष्यमा कम प्रतिष्ठित कलेजमा पढेकाहरूले भन्दा धेरै कमाउने कुरा निश्चित रुपमा सही हो।

जाँचहरूमा उच्च अङ्क पाउनेहरूले शुरुमा रोजिएका संस्थाहरूमा भर्ना पाउने भएकाले त्यस्तो हुनु स्वाभाविक भयो।

तथ्याङ्कहरूले सुझाउँछन्, कम प्रतिष्ठित संस्थाहरूमा पढेका भन्दा उच्च कोटीका संस्थामा पढ्नेहरूले उनीहरूको जीवनको करिब पैँतीस वर्षको उमेरदेखि धेरै कमाउन थाल्छन्।

उदाहरणका लागि मध्यम वर्गीय घरका आइभी लीग कलेज जाने विद्यार्थीले उनीहरू ३४ वर्ष पुग्दा औसतमा वर्षको १ लाख डलर वा त्यो भन्दा बढी कमाउने अध्ययनले देखाएको छ।

ती संस्थाहरू- हार्भर्ड, प्रीन्सटन्, येल लगायतमा वार्षिक ट्युशन फी ५५ हजार अमेरिकी डलर छ। यस्ता संस्थामा आवेदन दिने बीसजना मध्ये एकजनाले भर्ना पाउँछन्।

आवेदन दिनेमध्ये धेरैले नरोज्ने कलेजहरूमा पढ्नेहरूले करिब ४० हजार डलर जति कमाउँछन्।

काण्डमा परेका येल र स्ट्यानफोर्ड बाहेकका “अरु सम्भ्रान्त कलेजहरू”मा पढ्नेहरूले धेरै नै कमाउँछन् भन्ने चाहिँ होइन।

वाशिङटन डीसी स्थित जर्जटाउन विश्वविद्यालयमा संभावित विद्यार्थीहरूको भ्रमण
वाशिङटन डीसी स्थित जर्जटाउन विश्वविद्यालयमा संभावित विद्यार्थीहरूको भ्रमण

तर बाबुआमाले सूचीका माथिल्लो ठाउँमा रहेका कलेजहरूमा आफ्ना छोराछोरीलाई भर्ना गर्न धेरै कुरा गर्न तयार रहेको कुरा त्यति आश्चर्यजनक भने शायद छैन।

प्रश्न चाहिँ सम्भ्रान्त कलेजहरू आफैले भावी कमाइ बढाइदिने हुन् या उनीहरूले अति दक्ष विद्यार्थीहरू छान्छन्, त्यस्ता विद्यार्थी जो जुनसुकै कलेजमा गएपनि सफल नै हुन्छन्।

धेरै प्रमाणहरूले देखाउँछन्- पछिल्लो अर्थात जहाँ गएपनि सफल हुन सक्ने तत्वले बढी काम गरेको हुन्छ।

प्रतिभाशाली र आफै केही गर्नुपर्छ भन्ने भावना बोकेका विद्यार्थीहरू सम्भ्रान्त कलेज गएपनि वा कम रोजाइका कलेजहरूमा पढ्न गएपनि उनिहरूको कमाइ उस्तै रहेको पाइएको छ।

अध्ययनहरूले देखाएका छन्- उच्च कोटीका विश्वविद्यालयमा चुनिएर पनि सूचिमा अलि तल रहेका कलेजमा पढ्न गएभने तिनले भविष्यमा कम कमाउँछन् भन्ने होइन।

सबै अनुसन्धानकर्ताहरूको एउटै निष्कर्ष त छैन तर धेरैजसो अध्ययनहरूले कुनचाहिँ कलेजमा पढ्ने भन्नेले त्यति फरक नपाउने सुझाउँछन्।

कैयौं पटक कलेजमा रोजिएको मुख्य विषयले कलेजले भन्दा बढ्ता महत्त्व पाउने गरेको छ। उदाहरणका लागि एउटा अध्ययनले के रोज्नेभन्ने बीजनेश मुख्य विषय बनाउनेहरूलाई महत्त्व राख्छ तर विज्ञान पढ्नेका लागि राख्दैन भन्ने देखाएको छ।

कलेज भर्ना काण्ड के हो?

  • एफबीआइको विश्वास छ विश्वविद्यालयमा भर्ना पाउन २ करोड २० लाख अमेरिकी डलर घुस दिइएको थियो,
  • बाबुआमाले परीक्षाको नम्बर बढाउनका लागि र विश्वविद्यालयको खेलकुद टीममा रहेको भन्ने झुटो विवरण बनाउन घुस दिएको भन्ने आरोप लागेको छ,
  • पचास भन्दा बढी मानिसहरू – ३३ जना बाबुआमा र कैयौं खेलकुदका कोचहरू- दोषी सावित भएका छन्,
  • फुल हाउस भन्ने हास्यव्यङ्ग्य कार्यक्रमकी एक अभिनेतृत लरी लफलीनले आफ्नी छोरीलाई युनिरभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाको एउटा खेल टीमको सदस्य बनाउन ५ लाख डलर तिरेको आरोप लागेको छ,
  • डेसपरेट हाउसवाइभ्स कि अभिनेतृ फेलिसिटी हपमनले उनकी छोरीको जाँचकापीका सन्दर्भमा १५ हजार डलर तिरेको आरोप लागेको छ,
  • स्कीमका आर्किटेक्ट रिक सिङ्गरले आफूलाई विश्वविद्यालय भर्नामा विज्ञका रुपमा चिनाएको र त्यस्तै काम गर्ने समूह बनाउनमा दोषी पाइएको छ ।

उच्च माध्यमिक विद्यालय

यस्तै खालको परिणाम केही चुनिएका उच्च माध्यमिक विद्यालयमा पनि पाइन्छ- जसमा राख्न धेरै अभिभावकहरू निकै चाहन्छन्।

कलेजमा जस्तै स्कूलका कारण राम्रो परिणाम आएको नभै उनीहरूले कस्ता विद्यार्थी भर्ना गर्छन् त्यसमा परिणामा आधारित हुने गरेको देखिन्छ।

त्यसैले कुन कलेजमा तपाईँ जानुहुन्छ भन्नेले खासै अर्थ राख्दैन।

धेरै जसो अध्ययनले भावी कमाइलाई सफलतासँग दाँजेका छन्।

तर लिबरल आर्ट्स पढेकाहरू भन्ने गर्छन् पैसा मात्रै सबै चिज होइन।

(यो विश्लेषण बीबीसीले ब्रुकिङ इन्स्टिट्युशनका अनुसन्धानकर्ताहरूलाई गर्न अनुरोध गरेको हो। )

Share Now

Leave a comment.