काठमाडौं, ८ जेठ। नेपालका पूर्व फुटबल खेलाडी गोपाल श्रेष्ठले सफलतापूर्वक सगरमाथा आरोहण गर्नुभएको छ ।
पर्यटन विभागले उहाँ आज(बुधबार) सगरमाथाको शिखरमा पुग्नुभएको जनाएको छ ।
नेपाली सेना, फ्रेण्ड्स क्लब र गण्डकी अञ्चलबाट खेल्ने गर्नुभएका श्रेष्ठले ४ बर्ष अगाडि पनि सगरमाथा आरोहणको प्रयास गर्नुभएको थियो ।
तर बैशाख १२ गते आएको विनासकारी भूकम्पका कारण उहाँको प्रयास स्थगित भएको थियो ।
क्लबका नेपाली प्रतिनिधि सुगन तण्डुकारले दाफिन्स क्यामरुन फर्किन लागेको पुष्टि गर्नुभएको छ ।
नेपालको घरेलु फुटबलमा सहभागिता जनाएर दाफिन्सले यस सिजनमा नेपालको मुख्य ६ उपाधि जितेको थियो ।
मंगलबार रारा गोल्डकपको सेमिफाइनलमा चर्च ब्वाईज युनाइटेडसँग हारेको दाफिन्सका लागि त्यो खेल अन्तिम बन्यो ।
टीम स्वदेश फर्किए पनि दाफिन्सका केही खेलाडीहरु नेपालकै अन्य क्लबमा आवद्ध भएर खेल्न लागेका छन् । केही साता अघि मात्र न्युरोड टिम (एनआरटी) ले दाफिन्सका फरवार्ड यानिक र जुनियरलाई आगामी सिजनका लागि क्लबमा अनुबन्ध गरिसकेको छ ।


















