लुधियाना(पञ्जाब,भारत), ८ जेठ । नेपाली स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरेपछि भारतीय महिला लिग फुटबलको उपाधि उनी आबद्ध सेथुु फुटबल क्लबले जितेको छ।
बुधबार गुरु नानक स्टेडियममा भएको फाइनलमा मणिपुर पुलिस क्लबलाई ३—१ गोल अन्तरले पराजित गर्दै सेथुले उपाधि जितेको हो।
सेथुको जितमा नेपाली फरवार्ड सावित्राले २ गोल गरिन् । उनले खेलको ६० र ७० औं मिनेटमा दुई गोल गरिन्।
https://www.facebook.com/TheIndianFootballTeam/videos/2275964666005601/
पहिलो हाफसम्म १—० ले पछि परेको सेथु क्लब दोस्रो हाफपछि लयमा फर्किएको थियो। सेथुका लागि ५६ औं मिनेटमा इन्दुमतीले बराबरी गोल गरेकी थिइन्।
सेमिफाइलनमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबलाई ८–१ को ठूलो अन्तरले पराजित गर्दा सावित्राले ह्याट्रिकसहित ४ गोल गरेकी थिइन्।
सेथुमा आबद्ध नेपाली खेलाडी अनिता बस्नेतलाई भने फाइनलमा मैदानमा उतारिएको थिएन ।



















