Prakash Adhikari May 25, 2019

कीर्तिपुर(काठमाडौं),११ जेठ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाली राष्टिय टीमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ लाई सशस्त्र प्रहरीको विभागीय टीमले ४१ रनले पराजित गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सशस्त्र प्रहरीको टीमले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३५ रन बनाउँदा एपीएफले अरु तीन विकेट गुमायो । उसका कप्तान शरद भेषवाकर १२ रनमा आउट भए भने आशिफ शेख ७ तथा शंकर राना मात्र १ रनमा बाहिरिए ।

Auto Draft

तर त्यसपछि प्रदिप ऐरी र सुमित महर्जनले चौथो विकेटका लागि ७५ रनको साझेदारी गर्दै टीमको पारी सम्हाले । ऐरी ४० रन बनाएर आउट भए । त्यसपछि सुमितले पृथु बास्कोटासँग ९८ रनको साझेदारी गरे । सुमितले ९४ रन बनाए । यस्तै पृथुले ५८ बलमा ५९ रन बनाए । तल्लो क्रममा अमर सिंह रौटेलाले आक्रामक इनिंग खेल्दै एपीएफलाई ठुलो योगफलतर्फ डोर्याए । रौटेला २७ रनमा अविजित रहे  । यस्तै भुवन कार्कीले १५ रन जोडे ।सन्दिप जोरा ६ रन  बनाए ।

प्रदेश-३ को बलिंगमा जितेन्द्र सिंह ठकुरी  र नन्दन यादबले  ३/३ विकेट लिए। यस्तै पारस खड्का र सुर्य तामांगले १/१ विकेट लिए ।

जवाफमा प्रदेश ३ ले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन मात्र बनाउन सक्यो ।  उसले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो । त्यसपछि ४३ रनमा दोस्रो विकेट गुमाएको प्रदेश तीनले १ सय १२ रनमा चौथो विकेट खेर फाल्यो ।

प्रदेश ३ का ज्ञानेन्द्र मल्लले १ सय १७ रन बनाएपनि टीमले विजय हासिल गर्न सकेन । प्रदेश ३ का लागि कप्तान पारस खड्काले ४६ , रित गौतमले २७, सोनु देवकोटाले १५ रन र जितेन्द्र शाही ठकुरीले १२ रन बनाए ।अभिशेक बस्नेत ९ , रबिन जोशी २ तथा सोनु तामांग २ रन बनाएर आउट भए।

एपीएफको लागि बलिंगमा कमल सिंह ऐरीले सर्वाधिक ३, अविनाश बोहराले २ , पृथु बास्कोटा र भुवन कार्कीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आइतबार २ खेलहरु संचालन हुनेछन्। टियु मैदानमा हुने खेलमा प्रदेश-१ र त्रिभुवन आर्मी क्लब तथा मुलपानी मैदानमा हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।

Share Now

Leave a comment.