काठमाडौं, जेठ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी हुनुभएको छ ।
शनिबार सम्पन्न भएको निर्वाचनमा खड्काले २ सय १८ मत प्राप्त गर्नुभयो भने निकटम प्रतिस्पर्धी सरिता लामिछानेले १ सय ६१ मत प्राप्त गर्नुभयो । निर्वाचनमा उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ।
कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो ।