लण्डन(संयुक्त अधिराज्य),२६ जेठ । अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१ ओभर १ बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो ।
अफगानिस्तानका लागि हास्मतउल्लाह साहिदीले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हज्रतउल्लाह जजाईले ३४ तथा नुर अली जड्रानले ३१ रन बनाए ।
न्युजिल्याण्डका जेम्स निशमले ५ विकेट लिए । यस्तै लोकी फेर्गुसनले ४ विकेट लिए ।
अफगानिस्तानले दिएको १ दिएको ७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसनले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका केनले ७९ रन बनाए । यस्तै रोस टेलरले ४८ तथा कोलिन मुन्रोले २२ रन बनाए । टम लाथमले अविजित १३ रन जोडे ।
अफगानिस्तानका आफ्तब आलमले ३ विकेट लिए ।
जितसंगै न्युजिल्याण्डले ३ खेलबाट ६ अंक जोडेको छ । न्युजिल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।
अफगानिस्तानको यो लगातार तेस्रो हार हो । ३ खेलमा अंक जोड्न नसकेको अफगानिस्तान पुछारमा रहेको छ ।