Prakash Adhikari June 21, 2019

महेन्द्रनगर(कञ्चनपुर), ५ आषाढ । प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट अन्तरगत बिहिबार सम्पन्न खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको छ ।

महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । उसका लागि अस्मिता खरेलले २८ रन बनाइन भने अस्मिता कर्माचार्यले ४७ रनको योगदान गरिन । यस्तै कञ्चन श्रेष्ठले २८ तथा सुमन खतिवडाले २१ रन जोडिन ।

१ सय ५७ रनको लक्ष्या पाएको कर्णाली प्रदेशले निर्धारित २० ओभरको खेल १५ ओभर ३ बलमा सबै विकेट गुमाउदै ६६ रनमा सीमित भयो । उसका लागि रुविना चौधरीले २२ तथा लक्ष्मी रिमालले ११ रन बनाउनु बाहेक अरु खेलाडीले राम्रो रन जोड्न सकेनन् । उसका चार खेलाडीले खाता नखोली आउट भए ।

कर्णालीलाई कम स्कोरमा रोक्न खुसी डंगोलले ५ विकेट लिएन । उनले एक ओभर तीन बलमा एक मेडेन सहित कुनै रन नदिएर ५ विकेट लिइन । नेपाली महिला क्रिकेटमा एक रन पनि नदिइकन ५ विकेट लिने कीर्तिमा खुसीले कायम गरिन ।

Share Now

Leave a comment.