Prakash Adhikari June 21, 2019

 

लण्डन(संयुक्त अधिराज्य),५ आषाढ । एकदिवसीय विश्वकप क्रिकेटको बिहिबार राती सम्पन्न २६ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले बंगालदेशलाई ४८ रनले पराजित गर्दै अंक तालिकाको शीर्षमा उक्लेको छ।

ट्रेन्ट ब्रिज स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले ३ सय ८१ रन बनाएको थियो । ३ सय ८२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरको खेलमाब्याटिंग ८ विकेट गुमाएर ३ सय ३३ रन मात्रै बनाउन सक्यो।

अस्ट्रेलियाले दिएको ३ सय ८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बंगलादेशको लागि मुस्फिकुर रहिमले अविजित १ सय २ रन, हमद उल्लाहले ६९, तामिम इकबालले ६२ तथा शाकिब अल हसनले ४१, लिन्टन दासले २०,सौमय सरकारले १० र म्ेहदी हसन मिराज र मोस्तफ मुर्ताजले ६। ६ रनको योगदान दिए ।

Australia: Aaron Finch (capt), David Warner, Usman Khawaja, Steven Smith, Glenn Maxwell, Marcus Stoinis, Alex Carey (wk), Nathan Coulter-Nile, Pat Cummins, Mitchell Starc, Adam Zampa

Bangladesh: Tamim Iqbal, Soumya Sarkar, Shakib Al Hasan, Mushfiqur Rahim (wk), Liton Das, Mahmudullah, Sabbir Rahman, Mehidy Hasan Miraz, Mashrafe Mortaza (capt), Rubel Hossain, Mustafizur Rahman

बंगलादेशलाई रोक्न अस्ट्रेलियाका मिचेल स्टार्क , नाथन कौलटर र मार्कस स्टोइनिसले २ । २ र एडम जाम्पाले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा अस्ट्रेलियाका डेभिड वार्नरले १ सय ६६ , उस्मान ख्वाजाले ८९, एरोन फिंचले ५३ रन, ग्लेन म्याक्सवेले ३२, मार्कस स्टोइनिसले १७, एलेक्स केरी ११ र स्टेभेन स्मिथले १ रन बनाए।

अस्ट्रेलियालाई रोक्ने क्रममा बंगलादेशका बलर सौम्य सरकारले ३ विकेट लिए।

World Cup
TEAM M W L PT NRR
AUS 6 5 1 10 0.849
NZ 5 4 0 9 1.591
ENG 5 4 1 8 1.862
INDIA 4 3 0 7 1.029
BDESH 6 2 3 5 -0.407
SL 5 1 2 4 -1.778
WI 5 1 3 3 0.272
SA 6 1 4 3 -0.193
PAK 5 1 3 3 -1.933
AFG 5 0 5 0 -2.089

जितसंगै अस्ट्रेलिया ६ खेलमा ५ जित र १ हारसहित १० अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ। अंकतालिकामा ९ अंकसहित न्युजिल्याण्ड दोश्रो, ८ अंकसहित इंग्ल्याण्ड तेश्रोमा रहेका छन् ।

७ अंक बटुलेको भारत चौथो स्थानमा रहेको छ भने बंगलादेश ६ खेलमा २ जित र ३ हारको साथ ५ अंकसहित पाँचौ स्थानमा रहेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले बिहिबार बनाएको १ सय ३३ रन अहिलेसम्मकै सर्वाधिक योगफल हो। यस अघि दक्षिण अफ्रिकाविरुद्ध बंगलादेशले ३ सय ३० रन बनाएको थियो ।

Share Now

Leave a comment.