Prakash Adhikari June 23, 2019

लण्डन(संयुक्त अधिराज्य),८ आषाढ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत शनिवार भएको खेलमा २८ औं खेलमा भारतको सातो लिएको अफगानिस्तान ११ रनले नतिजा भारतलाई सुम्पन बाध्य भएको छ ।

साउथम्टनको रोज बाउल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ रन २४ रन बनाएको थियो ।

२ सय २५ रनको लक्ष्य लिएको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४९ औ ओभरको पाँचौ बलमा सबै विकेट गुमाउदै २ सय ११ रन जोड्यो र १३ रनले पराजित भयो ।

झण्डै पराजयको निकट पुगिसकेको भारतीय टीमलाई मोहम्मद शामीले अन्तिम ओभरमा तीन विकेट लिएर जोगाएका थिए ।

India won Afaghanistan 2019को लागि तस्बिर परिणाम

अन्तिम २ ओभरमा अफगानिस्तानलाई जितको लागि २१ रन आवस्यक थियो। ४९ औं ओभरमा बलिंग गरेका जस्प्रित बुम्राहले मात्र ५ रन दिए पछि अन्तिम ओभरमा जित्न १६ रन आवस्यक रहेको थियो। ५० औं ओभरको पहिलो बलमा नबिले चौका प्रहार गर्दा ५ बलमा अफगानिस्तानलाई १२ रन आवस्यक रह्यो।ओभरको तेश्रो बलमा शामीले रन दिएनन्। त्यसपछि सामीले तेश्रो बलमा नबीलाई क्याच लगत्तै बलमा सामीले अफताब आलमलाई पनि बोल्ड गरे। त्यसपछि व्याट सम्हालेका बलमा मुजिब उर् रहमानलाई पनि बोल्ड गर्दै शामीले ह्याट्रिक पूरा गरे र भारतलाई कठिन जित जिताए।

India XI: KL Rahul, RG Sharma, V Kohli*, V Shankar, MS Dhoni†, HH Pandya, KM Jadhav, Kuldeep Yadav, Mohammed Shami, YS Chahal, JJ Bumrah

Afghanistan XI: Hazratullah Zazai, Gulbadin Naib*, Rahmat Shah, Hashmatullah Shahidi, Asghar Afghan, Mohammad Nabi, Najibullah Zadran, Ikram Alikhil†, Rashid Khan, Aftab Alam, Mujeeb Ur Rahman

खेलमा मोहम्मद नाबी ५२, रहमत शाह ३७, गुलाबुद्धिन नैब २७, नजिबुल्लाह जदरानले २१, रसिद खान १४, हजरातुल्लाह जलान १०, असगर अफघान ८ र अक्रम अलिखिलले ७ रन बनाए ।

India won Afaghanistan 2019को लागि तस्बिर परिणाम

अफगानिस्तानको हातबाट खेलको नतिजा खोस्न भारतका मोहम्मद शामीले ह्याट्रिक सहित ४ विकेट जस्प्रित बुम्राह , युझभेन्द्र चहल , हार्दिक पान्ड्या ले २ / २ विकेट लिए।

यस अगाडि टस जितेर ब्याटिड. गरेको भारतले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउदै २ सय २४ रन जोडेको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रन, केदार जादवले ५२, लोकेश राहुलले ३०,विजय शंकरले २९, महेन्द्रसिंह धोनीले २८,हार्दिक पाण्डेय ७ तथा जसप्रित बुमराह, मोहम्मद सामी, कुलदीप यादव र दीपक शर्माले १ / १ रनको योगदान दिए ।

भारतलाई रोकने क्रममा अफगानिस्तानका गुल्बदीन नैब र मोहम्मद नबिले २/ २,तथा मुजिब उर् रहमान, अफताब आलम, राशिद खान र रहमत शाहले १ / १ विकेट लिए।

यो खेलको जितसंग आफूले खेलेका ५ खेलमा ४ मा जित एक खेलमा अंक बाँडेर भारत ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ भने हालसम्म खेलिएका ६ वटै खेलमा पराजय ब्यहोर्दै शून्य अंकसहित अफगानिस्तान पुछारमा पुगेको छ ।

Share Now

Leave a comment.