Prakash Adhikari July 4, 2019

 

काठमाडौं,१८ आषाढ ।मित्र राष्ट् इटालीको निजी क्षेत्रको लगानीमा लमजुङमा झण्डै ६ अर्बको लागतमा अत्याधुनिक फिल्म सिटी निर्माण हुने भएको छ ।

स्मार्ट फिल्म सिटी निर्माणका लागि बुधबार सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र इटालियन कम्पनी वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नेपालको पहिलो, ठूलो र अन्तर्राष्ट्रिय स्तरको उक्त फिल्म सिटीका लागि अनुमानित ५ अर्ब ९० करोड लाग्ने स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभएको छ ।

फिल्म सिटीको नाम वर्ल्ड स्काई सिने भिलेज नेपाल राखिएको छ ।

कार्यक्रममा वर्ल्ड एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले फिल्म सिटीको विस्तृत परियोजना निर्माणको काम चाडै थालिनजानकारी दिनुभएको थियो । यो फिल्म सिटीको निर्माण ५ देखि ७ वर्षमा पूरा हुने अनुमान गरिएको छ ।

लमजुङको बेसीसहर नगरपालिकाको वडा नं ३, ४, ५ र ९ को ५ हजार रोपनीमा फिल्म सिटी निर्माण गर्ने तयारी गरिएको छ ।

स्काई इन्टरटेनमेण्टका अध्यक्ष आकाशले उक्त फिल्म सिटी संसारकै सबैभन्दा अग्लो ठाउँको फिल्म सिटी पनि हुने बताउनुभएको छ । फिल्म सिटी निर्माणस्थल समुद्रीसतहभन्दा २०६० देखि २९०० मिटरको उचाईमा पर्दछ ।

निर्माता तथा निर्देशक समेत रहेका अधिकारीले वर्ल्ड स्काई सिने भिलेज नेपालले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै उहाँले ‘विदेशी फिल्ममेकर्स नेपाल छायांकन गर्न आउँदा हामीकहाँ स्तरिय इक्यिूपमेन्ट छैन । इक्यिूपमेन्ट लिए आउँदा ठूलो खर्च लाग्छ । त्यो विग्रियो भने पनि हामीकहाँ ब्याकअप छैन । यसैकारण विदेशी मेकर नेपालभन्दा अरु देश जान चाहन्छन् । अब त्यो परिपूर्ती हामी गर्छौं । इक्यिूपमेन्टको हिसाबले पनि ।’लमजुङमा बन्ने फिल्म सिटीमा बलिउड वा हलिउड कुनै पनि फिल्म पूरा गर्न सक्ने परिकल्पना आफूहरुले गरेको उहाँले बताउनुभएको छ ।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लमजुङमा बन्ने अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी नेपाली फिल्म क्षेत्रका लागि एउटा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले घोषण गरेको छायांकनका लागि नेपाल नामक कार्यक्रमका लागि पनि यसले ठूलो सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले निजी क्षेत्रको पहलमा भएको यस्ता कार्यलाई सघाउन सरकार सधै तत्पर रहेको बताउनुभयो ।

Share Now

Leave a comment.