Prakash Adhikari July 5, 2019

क्वालालम्पुर( मलेशिया), २० आषाढ । एसीसी अण्डर १९ क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा सिंगापुरलाई २ सय १७ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समुह ‘ए’ विजेता बनेर सेमीफाइनल प्रवेश गरेको छ ,

 

 

नेपालले पहिले ब्याटिंग गर्दै दिएको ३ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्रै बनाएको थियो ।

 

 

सिंगापुरको लागि हरि कुक्रेजाले सर्वाधिक ३०, कन्नुसामी सथिशले २४ तथा चंद्रमौली श्रीदेवले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

 

सिंगापुरलाई सस्तोमा समेट्न देब्रे हाते स्पिनर कुशल मल्लले ४ तिलकराज भण्डारीले २ सागर ढकाल  र राशिद खानले १ । १ विकेट लिए।

 

४ विकेट लिने क्रममा कुशलले ३७ औं ओभरको छैठौं र सातौँ बलमा विकेट लिए। अम्पायरले गल्ति गर्दा कुशलले सातौँ बल पनि गर्न पाएका थिए।

किनरारा ओभल मैदानमा टस जितेर ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २६ रनको योगफल तयार गरेको थियो ।

 

ओपनर रीत गौतमको सानदार शतक र खडग बहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।

ओपनर रीत र पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनको स्कोरमा आउट भएपछि आएका खडगसँग मिलेर रीतले १ सय ३१ रनको शतकीय साझेदारी गरी पारी उकासे ।

 

४०औं ओभरमा खडग ९० बलमा ९० रन बनाएर आउट भए । शतक बनाउनबाट गर्न चुकेका उनले १२ चौका प्रहार गरे । त्यसपछि आएका विशाल विक्रम केसी र कप्तान रोहितकुमार पौडेलले क्रमसः १ र ७ रनमात्र जोड्न सके ।

 

पाँचौं नम्बरमा आएर कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले ३०० रनको योगफल पार गरेको हो ।

 

४७.१ ओभरमा रीतले १ सय ३१ बलमा शतक प्रहार गरे । । रीतले १सय ३७ बलमा १ सय १५ रनको अविजित शतकीय पारी खेले ।

 

कुशलले २३ बलमा ५१ रनको विष्फोटक अर्धशतकीय पारी खेले । पारीको अन्तिम ओभरमा सिंगापुरका बलर प्रणव सुदर्शनको बलमा ४ चौका र १ छक्का प्रहार गरी उनले अर्धशतक पूरा गरेका हुन् ।मल्लले २३ बलमा ५१ रन बनाए ।

 

बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले २–२ विकेट लिए ।प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गरेको थियो।

 

डिफेन्डिङ च्याम्पियन नेपालले अब सेमीफाइनलमा समुह ‘बी’ को उपविजेतासंग  जुलाई ८ मा खेल्नेछ।

Share Now

Leave a comment.