Prakash Adhikari July 9, 2019

 

किनरारा ओभल मैदान(क्वाललम्पुर,मलेशिया) । मलेशियाको राजधानी क्वाललम्पुरमा आयोजित एसीसी अन्डर १९ पूर्वी क्षेत्र प्रतियोगिताको आज भैरहेको फाइनल खेलमा नेपाल उपाधि नजिक पुगेको छ।

मलेसियाको किनरारा ओभल मैदानमा जारि खेलमा टस हारेर नेपालले बलिंग रोजेपछि पहिले ब्याटिंग गरेको हंगकंगले ५० ओभरको खेलमा ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो।

९६ लक्ष्य पाएको नेपालले लन्च ब्रेकको समयसम्म कुनै विकेटको क्षति बिना ५ ओभरमा ४४ रन बनाईसकेको छ। जितको लागि अब नेपाललाई ४५ ओभरमा ५२ रन आवश्यक रहेको छ।

नेपालका ओपनर पवन सर्राफ र रित गौतमले आक्रामक सुरुआत गर्दै टीमलाई सहज जिततर्फ लगेका हुन ।पवन सर्राफले १९ बलमा ५ चौका र १ छक्का मदतले ३२ रन जोडन भ्याएका छन भने रित गौतमले ११ बलमा २ चौका मदतले ११ रन बनाएका छन्।

यस अगाडि किनरारा ओभल मैदानमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको हंगकंगले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्रै बनाएको थियो।

हंगकंगको लागि कप्तान अदित गोरावराले सर्वाधिक २४, कल्हन चल्लुले १९ तथा रौन कपुरले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिंगमा सागर ढकाल एक्लैले ५ विकेट लिए भने कमल सिंह ऐरीले ३, कुशल मल्ल र टिकलराज भण्डारीले १ । १ विकेट लिए।
प्रतियोगिताको विजेता टीम अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने अन्डर १९ एसिया कप खेल्न छनौट हुनेछ। २८ अगस्ट देखि ८ सेप्टेम्बरसम्म आयोजना हुने प्रतियोगितामा कुल ८ राष्ट्र सहभागी हुने छन्। एसियाली टेस्ट राष्ट्र श्रीलंका, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान सहित युएई, कुवेत प्रतियोगितामा सहभागी हुनेछन्।

Share Now

Leave a comment.