वासिंड.टन(संयुक्त राज्य अमेरिका),२० साउन । ट्रम्प प्रशासनले अवैधानिक रूपमा अमेरिकामा रहेका आप्रवासी पक्राउ अभियानलाई तीव्रता दिएपछि अध्यागमन र भन्सार कार्यान्वयन(इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट)को हिरासतमा बन्दीहरूको सङ्ख्या अहिले क्षमताभन्दा बढी हुन गई कोचाकोचको स्थिति उत्पन्न भएको छ ।
अमेरिकाभरि रहेको ३ सय ६३ यस्ता हिरासतमा अहिले ५५ हजार १ सय ८५ आप्रावासीहरुलाई राखिएको छ । अमेरिकी अधिकारीहरुले देशभर रहेका हिरासतको क्षमता ४० हजार ५ सय २० शैया रहेको बताइरहेका छन् । पक्राउ परेका आप्रवासीहरूको सङ्ख्या र हिरासतको क्षमतालाई तुलना गर्दा अमेरिकी प्रशासनले हिरासत क्षमता भन्दा १४ हजार ६ सय ६५ बढी आप्रवासीलाईलाई यस्ता केन्द्रमा खाँदेको छ ।
ट्रम्प प्रशासनले कारागारहरूमा शैयाको सङ्ख्या कम्तीमा ५२ हजार क्ष्ँमताको विस्तार गर्नुपर्ने वताउदै अमेरिकी कंग्रेसमा थप बजेटको लागि माग गरेको थियो । तर कंग्रेसले ४५ हजार सैय्यासम्म क्षमता विस्तार गर्न स्वीकृति प्रदान गरेको छ ।
आप्रवासी पक्राउको क्रम बढेको र हिरासतमा स्थान अभाव भएकोले ट्रम्प प्रशासनले हिरासतको चापलाई घटाउन फास्ट ट्रयाकमार्फत देश निकालाको प्रक्रृया अघि बढाउने जनाएको छ । हाल यस्ता हिरासतमा बन्दीलाई २८ देखि ४६ दिनसम्म राखिने गर्दछ । त्यस क्रममा एक जना बन्दीको निम्ति दैनिक १ सय ३३ डलर खर्च हुने गर्दछ ।
कारगारहरुमा अत्यधिक चाप कै कारण दर्जनौंले आप्रवासीले ज्यान गुमाइसकेका छन् । हिरासतको नाजुक अवस्थाबारे सदनमा समेत पटक– पटक बहस भए पनि निकासका लागि ठोस पहल भएको देखिँदैन । धेरै बन्दी विरामी हुने,मर्ने र आत्महत्या गर्ने जर्जीया र टेक्ससका केही कारागारहरू तत्काल बन्द गर्नुपर्ने आवाज मानव अधिकारकर्मीहरुले उठाउदै आएका छन् तर यसमा सुनुवाई भएको देखिदैन् ।
पक्राउ गरिएका आप्रवासीहरुलाई वकिलसँग भेट्न वञ्चित गराउँदै असाइलम प्रक्रृयामा जान रोक लगाएपछि कारागारमा थुनिएकाहरूको हिरासत अवधि बढेको छ ।