Prakash Adhikari August 5, 2019

 

कांठमाडौं, १९ साउन । नेपाली सेनामा भर्ना भएर देश र जनताको सेवा गर्न चाहने युवायुवतीको लागि सुनौलो मौका आएको छ । नेपाली सेनाले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा ५ हजार ९ सय ३८ दरबन्दीमा स्थाय ी पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाले देशभर सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, ब.का.सि., कूचीकार, चर्मकर्मी, सूचीकार, धोबी र सिकर्मी पदमा दरखास्त आह्वान गरेको हो ।

खुला, महिला, आदिवास÷जनजाति, मेधसी, दलित, पिछडिएको क्षेत्र, शारीरिक अशक्त गरी ती पदका लागि ठूलो संख्यामा नेपाली सेनाले सैन्यतर्फ ५ हजार ७०० र बाँकी अन्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

यी पदका लागि आवेदन दिनका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्नेछ । त्यसभन्दा माथि एसएलसी÷एसईईमा जीपीए २ भएकोले पनि आवेदन दिन सक्नेछन् । सैन्य मेडिकलतर्फ मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकलसम्बन्धी सीएम, एएनएम, एएएचडब्लूजस्ता तालिम प्राप्त गरेको हुनुपर्नेछ भने सैन्य सिग्नलतर्फ मान्यता प्राप्त संस्थाबाट कम्प्युटरबाट कम्तीमा ३ महिना वा १५० घन्टा बेसिक तालिम लिएको हुनुपर्नेछ ।

त्यस्तै सैन्य ड्राइभरतर्फ लाइट वा हेभी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको हुनुपर्नेछ । अन्य पदका लागि भने साधारण लेखपढ गर्न सक्ने हुनुपर्नेछ ।

यसैगरी सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल र सैन्य ड्राइभरमा आवेदन दिन उम्मेदवारको उमेर १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै अन्य पदका लागि १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुनुपर्नेछ ।

उम्मेदवार साउन १९ गतेदेखि भदौ १६ गतेभित्र दरखास्त पेस गर्नुपर्नेछ । दोब्बर दस्तुर बुझाएर भदौ २३ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ । पूर्ण जानकारीकोलागि हेर्नुहोस : नेपाली सेनामा आवश्यकता 

Share Now

Leave a comment.