काठमाडौं, २३ पौष । नेपाल सरकारले रुस सरकारसंग आपसी समझदारीमा दुईवटा एमआई–१७(भी ५) हेलिकोप्टर खरिद गर्ने तयारी अगाडि बढिरहेको बेला सोही स्तरको हेलिकोप्टर सस्तो मूल्यमा दिन युक्रेनको प्रतिनिधि मण्डल नै नेपाल आएपछि नेपाली सेनाको हेलिकोप्टर खरिद प्रक्रिया लम्बिन जाने देखिएको छ ।
युक्रेन हेलिकप्टर एभिएसनको लबिइङपछि नेपाली सेना र सरकारमा कुन प्रकारको हेलिकप्टर खरिद गर्ने भन्नेमा अन्योलमा परेको छ । खास गरि प्राज्ञिक मानिने रक्षा मन्त्री भिमसेनदास प्रधानले यस मामिलामा विवादरहित ढंगले सस्तो र गुणस्तरीय सामान खरिद गर्ने पक्षमा रहेको देखिएपछि राजनीतिक नेतृत्वलाई ढाँटछल गरेर सेनालाई महंगोमा हेलिकोप्टर भिडाउने कमिशनखोर व्यापारीहरु अत्तालिन थालेका छन् ।
युक्रेनमा बनेको एमआई–८ लाई एमआई १७ को विकल्पको रुपमा प्रस्तुत गरिएपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले रक्षामन्त्रीलाई भेटेर रसियाबाट खरिद गर्ने विषयमा समस्या नभएको बताएका थिए । नेपाली सेनाले यस अगाडि पनि रुसमा निर्माण भएका हेलिकोप्टर सरकारसंग सोझै खरीद गर्ने कागजपत्र मिलाएर विनाप्रतिस्पर्धा खरिद गरिसकेको छ ।हेलिकोप्टरका पुराना व्यापारीहरु युक्रेनको नयाँ प्रस्तावबाट आत्तिएर प्रधान सेनापति गुहार्न पुगेपछि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गत मंगलबार रक्षामन्त्री प्रधानलाई भेटेर रुसी हेलिकोप्टरको पक्षमा वकालत गरेको रक्षा सूत्रले जानकारी दिएको छ ।
सेनाले खरिद गर्ने हेलिकप्टर रुसले तत्काल उपलब्ध गराउन नसक्ने तर युक्रेनले त्यही स्तरको हेलिकप्टर तत्काल र निकै सस्तोमा उपलब्ध गराउने जानकारी समेत दिएको छ । यसले हेलिकोप्टर खरिदमा राजनीतिक नेतृत्व र सेनाबीच केही मतभेद देखापरेको छ ।
विकिपिडियामा प्राप्त जानकारीमा दुवै सेरिजका हेलिकोप्टरहरु रुसका प्लान्टबाट उत्पादन भएको देखिन्छ । तर एमआई १७ का पक्षधरहरु भने रुसले युक्रेनलाई बडिका सामान आपूर्तिमा रोक लगाएकोले युक्रेनको भन्दा रुसको हेलिकोप्टर नै भरपर्दो र टिकाउ भएको दावी गरिरहेका छन् ।
सेनालाई भूकम्पपछि विपत् व्यवस्थापन, राहत उद्धार र आवश्यक बन्दोबस्तीका सामान ओसारपोसार गर्न तीन हेलिकप्टर खरिद गर्न सरकारले स्वीकृती दिएपछि हेलिकोप्टर खरिद प्रक्रिया अघि बढेको हो । सेनासँगअहिले तीनवटा एमआई १७ हेलिकप्टर चालु अवस्थामा छन् । सेनाले आफ्ना ७ प्रदेशमा रहेका पृतना र उपत्यकामा गरी ८ हेलिकप्टर राख्ने योजना बनाएको छ ।
एमआई १७ का पक्षधरहरुले एम आई ८ को ‘इन्जिन नयाँ भएको तर ‘बडी पुरानो भएको दावी गरेका छन् । ‘बडी पुरानो हुँदा मर्मत खर्च बढी लाग्नेउनीहरुको दाबी छ ।
सरकारले एउटा हेलिकप्टर र दुइवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरिसकेको छ भने थप दुई एमआई १७ (भी–५) हेलिकप्टर खरिद गर्न समेत स्वीकृति दिएको छ ।
रुसको कजान हेलिकोप्टर प्लान्टर र उलान उदे एभिएशन प्लान्टमा दुवै सेरिजका हेलिकोप्टरको उत्पादन हुँदै आएको छ । सेनाले पहिले पनि कजानमा उत्पादित हेलिकप्टरले लिएर सञ्चालन गरिरहेकोले अहिले पनि त्यही एमआई–१७ सेरिजका हेलिकोप्टर खरिद गर्न रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदबाट स्वीकृत भएपछि रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सपोर्टसँग दुईवटा एमआई–१७ खरिद सम्झौता गर्ने तयारी नेपाली सेनाको छ ।
रक्षाको राजनीतिक नेतृत्व भने रसियाबाट छिटो ल्याउन नसक्ने अवस्थामा एकै फ्याक्ट््रीबाट उत्पादित अर्को विकल्पमा जान सकिने पक्षमा देखिएको छ । यस पहिले पनि ‘जीटुजी’ (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रुससँग थप दुई थान एमआई–१७ हेलिकप्टर खरिद नेपाली सेनाले किनिसकेको छ ।
यो सेरिजको एक हेलिकप्टरको मूल्य करिब १ अर्ब ७० करोड पर्न आउछ ।
‘सेनाले खरिद गर्ने हेलिकप्टर, सैन्य प्रयोजन बाहेक, विपद् व्यस्थापन, संवेदनशील सामानको ढुवानी, दुर्गममा खाद्यान्न ढुवानी देखि भीआईपीको सवारीमा समेत हुने गरेको छ ।
सरकारले रुसी हेलिकोप्टर लिने निर्णय गरेमा अमेरिकाले रुसी सरकारी स्वामित्वमा रहेको हेलिकप्टर विक्रेता एजेन्सी रोसोबोरो नेक्सपोर्टमाथि प्रतिबन्ध लगाएका कारण रकम भुक्तानी गर्न कठिनाइ पर्न सक्ने बताइएको छ ।रोसोबोरो नेक्सपोर्ट विश्वकै दोस्रो ठूलो सैन्य सामग्री निर्यातकर्ता हो ।
Mi-17 | |
Role | Transport helicopter with armed assault capabilities |
National origin | Soviet Union |
Design group | Mil Moscow Helicopter Plant |
Built by | Kazan Helicopter Plant |
First flight | 1975 |
Introduction | 1977 (Mi-8MT), 1981 (Mi-17) |
Status | In service |
Primary users | Russia ca. 60 other countries |
Produced | 1977–present |
Number built | approx. 12,000 as of 2007[1] |
Unit cost | Prices vary based on specifications (military and civilian prices differ) |
Developed from | Mil Mi-8 |
Mi-8 | |
Role | Transport helicopter (also, several armed versions) |
National origin | Soviet Union/Russia |
Manufacturer | Kazan Helicopter Plant Ulan-Ude Aviation Plant |
Design group | Mil Moscow Helicopter Plant |
First flight | 7 July 1961 |
Introduction | 1967 |
Status | In service |
Primary users | Soviet Union (historical) ca. 80 other countries, see Operatorsbelow |
Produced | 1961–present |
Number built | >17,000 and production continues today; world’s most-produced helicopter |
Variants | Mil Mi-8T/Mi-17 |
Developed into | Mil Mi-14 |