Prakash Adhikari January 7, 2018

सातदोबाटो(ललितपुर), २३ पौष । राष्टिय खेलकुद परिषद् १६ औं राष्टिय महिला सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न खेलमा नेपाली सेना र सशस्त्र प्रहरीको राष्टिय टीम विजयी बनेका छन् ।

आइतबारको खेलमा नेपाली सेनाको टीमले नेपाल प्रहरीलाई ४ १ ले पराजित गरेको थियो ।

त्यस्तै आइतबारको अर्को खेलमा सशस्त्र प्रहरीको टीमले सुदूर पश्चिमाञ्चल टोलीलाई ९ ० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपाली सेनाका कृष्णा खत्री र अञ्जली वाईवाले टीमलाई सहज जितमा पुर्याएका थिए । नेपाल प्रहरीकी खिमकुमारीले १ गोल गरेर टीमको इज्जत राखेकी थिइन् ।

आइतबारकै अर्को खेलमा सशस्त्र प्रहरी बलकी सावित्रा भण्डारीले ६ गोल गरेकी थिइन । सशस्त्रकै अनिता बस्नेतले दुई गोल गरिन भने रेखा पौडेलले एक गोल गरी टिमलाई फराकिलो अन्तरले विजयी बनाएका थिए ।

खेलका लिग र सुपर लिग चरणमा गरी सशस्त्र प्रहरीकी सावित्रा भण्डारी एक्लैले २७ गोल गरेकी छन् ।

Share Now

Leave a comment.