Prakash Adhikari January 7, 2018

धनगढी(कैलाली), २३ पौष । ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता अन्तरगतको आइतबारको खेलमा धरान एफसीलाई पराजित गर्दै काठमाडौंको संकटा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक र रोमाञ्कारी खेलमा धरान एफसीलाई ५–४ ले हराउँदै संकटाले क्वाटरफाइनलको मार्ग तय गरेको हो ।

नियमित समयतर्फको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउटमा संकटाले धरानमाथि ५ -४ को विजय निकालेको हो ।

नियमित समयतर्फको प्रतिस्पर्धात्मक खेलमा धरानले पहिलो हाफको ३५ औं मिनटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न सकेन ।

धरानका प्रकाश बुढाथोकीको पेनाल्टी प्रहार संकाटाका गोलरक्षक बिनय श्रेष्ठले विफल तुल्याईदिएका थिए ।

आइतबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक बिनय श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

उनले पुरस्कारस्वरुप नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत सोमबारको खेल रुस्लान थ्रीस्टार क्लब र रमपम झापा–११ बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल र भुटानको एक टोली गरी कुल १२ टीमको सहभागीता रहेको छ ।

प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ ।

यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५/ १५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ ।

प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०/१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

Share Now

Leave a comment.