काठमाडौं,२५ असोज ।शनिवार अपरान्ह एअर चाइनाको विशेष विमानद्धारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी विश्व शक्ति राष्ट्रका समकक्षी राष्ट्रपति सी जिनपिड.लाई स्वागत गर्न उहाँ सवार विमानको ढोकामा राखिएको भर्याड.को तल्लो खुडकिलो संगै विच्छ्इएको रेड कार्पेटसम्म पुग्नुभएको थियो ।
विमानको ढोका खुलेपछि बाहिर निस्कनुभएका सीले उहाँको स्वागतार्थ विमानको निकट पुग्नुभएका नेपाली स्वागतार्थीलाई अभिवादन गर्नुभएको थियो ।
विमानबाट ओर्लनुभएका राष्ट्रपति सीलाई स्वागत गरेपछि राष्ट्रपति भण्डारी र राष्ट्रपति सी अलग अलग कारमा अतिविशिष्ट व्यक्तिको स्वागत तथा विदाई कक्षतर्फ बढ्नुभएको थियो ।

राष्ट्रपति सीलाई सो स्थानमा पुन स्वागत गरेर राष्ट्रपति भण्डारीले उहाँलाई सलामी ग्रहण मण्डपमा लैजानु भएको थियो ।
नेपाली सेनाको एक टुकडीले मित्र राष्ट्र चीन र नेपालका राष्ट्रिय धुनसहित सम्मान गारत अर्पण गरेको थियो ।
सो अवसरमा सीको सम्मानमा २१ तोपको सलामी पनि दिइएको थियो ।
त्यसपछि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका साथ चिनिया राष्ट्रपतिले नेपाली सेनाको सम्मान गारतको निरीक्षण गर्नुभयो ।

त्यसपछि राष्ट्रपति सीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्यहरु र कुटनीतिक नियोगका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति सीको सम्मानमा त्रिभुवन विश्वविद्यालयको अतिविशिष्ट कक्षमा विभिन्न जात जातीका लोक नृत्यसहित कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
त्यसपछि विशिष्ट अतिथि मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सीको सवारी उहाँको विश्राम हुने होटल सोल्टीको मार्गतर्फ बढेको थियो । उहाँलाई सवारी मार्गमा तिनकुनेमा नेपालमा रहेका चिनीया नागरिकहरुले, नयाँ बानेश्वरमा राष्ट्रसेवक कर्मचारीहरुले र त्रिपुरेश्वरमा खेलाडीहरुले स्वागत गर्नुभएको थियो ।
चिनियाँ राष्ट्रपतिले केहीबेर होटल सोल्टीमा विश्राम गर्नुहुनेछ । त्यसपछि उहाँले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवन शितलनिवासमा भेट गर्नुहुनेछ ।
राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा होटल सोल्टीमा रात्रीभोज आयोजना गर्नुभएको छ ।
चिनियाँ राष्ट्रपति सी भारतको दुई दिवसीय भ्रमण पूरा गरी चेन्नईबाट काठमाडौं आउनुभएको हो । उहाँ दुई दिवसीय भारत भ्रमणका लागि शुक्रबार भारत पग्नुभएको थियो ।
उहाँले आजै साँझ प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासंग भेट गर्ने कार्यक्रम छ ।
आइतबार बिहान उहाँले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र संवैधानिक निकायका प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरुलाई भेट हुनेछ ।
आइतबारै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसंग भेट गर्नुहुनेछ ।
त्यसपछि दुवै देशका प्रतिनिधिहरुबीच पारस्पारिक हित र चासोका विषयमा वार्ता हुनेछ । केही संझौताहरुमा हस्ताक्षर हुनेछ ।
नोपलको भ्रमण पूरा गरी राष्ट्रपति सी सहितको प्रतिनिधिमण्डल दिउसो १ बजे सोही विशेष विमानबाट स्वदेश फर्कनेछ ।


















