काठमाडौं,२५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुग्नुभएको छ ।
उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ । सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुसमेत विमानस्थल पुग्नुभएको छ ।
चिनियाँ राष्ट्रपति विमानस्थलबाट सिधै होटल सोल्टीमा जाने कार्यक्रम छ । त्यहाँ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रीभोज आयोजना गर्नुभएको छ ।
चिनियाँ राष्ट्रपतिले शनिबार नै राष्ट्रपति भण्डारीसँग भेट्ने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपति सी भारतको चेन्नईबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण आउनुभएको हो । उहाँ दुई दिवसीय भारत भ्रमणका लागि शुक्रबार भारत आउनुभएको थियो ।
उहाँ एयर चाइनाको विशेष विमानबाट काठमाडौं आउनुभएको हो।


















