काठमाडौँ,२६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसंग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपाको सचिवालय सदस्यहरुले सामूीहक भेटवार्ता सम्पन्न भएको छ ।
चिनियाँ राष्ट्रपति सी बस्नु भएको होटल सोल्टीमा सुरुमा नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालसँग एक्लै भेटवार्ता गरेपश्चात नेकपाको सचिवालय सदस्यहरुको सामूहिक भेटघाट भएको हो।

राष्ट्रपति सीसँग भेटवार्ता गर्नेहरुमा पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल लगायत सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुन्थ्यो।
नेकपाको प्रतिनिधि मण्डलसँगको भेटवार्ता पछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ ।



















