काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनपिङ र संघीय संसदमा प्रतिपक्षी दलका नेता एवम् पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
कांग्रेस सभापति देउवाले शनिबार साँझ सोल्टी होटलमा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा रहनुभएक चिनिया राष्ट्रपति सीसंग भेटवार्ता भएको हो।
दुवै नेताबीच करिब २० मिनेट कुराकानी भएको थियो। भेटमा देउवाले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई)प्रति आफ्नो समर्थन जनाउदै चिनलाई नेपालको पूर्वाधारको विकासका प्रमुख क्षेत्रहरु सडक,रेल्वे,ऊर्जा र प्रविधिसहित औद्योगिक विकासमा सघाउन आग्रह गर्नुभएको थियो ।
उहाँले नेपालमा राजनीतिक स्थायीत्व कायम भएकोले चिनियाँ लगानी बढाउन पनि आग्रह गर्नुभएको थियो ।
भेटका क्रममा राष्ट्रपति जिनपिड.ले कांग्रेसले समर्थन गरिरहेको एक चीन नीतिप्रति आभार व्यक्त गर्नुभएको थियो।
भेटमा राष्ट्रपति सी जिनपि.ले देउवालाई चीन भ्रमणको निम्तोसमेत दिनुभएको छ ।
आइतबार बिहान राष्ट्रपति सीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका नेता र संवैधानिक अंगका प्रमुखहरुसँग भेट्ने कार्यक्रम रहेका छ ।
आइतबार बिहान नै राष्ट्रपति सीले प्रधानमन्त्री के पी ओलीसँग पनि भेटवार्ता गर्ने र केहि सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम छ।


















