Prakash Adhikari October 13, 2019

टारौबा(त्रिनिडाड एण्ड टोबागो),२६ असोज । क्यारेबियन प्रिमियर लिग(सीपीएल) २०१९को उपाधि नेपालका क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध बार्बाडोज ट्रिडेन्सले जितेको छ।

आइतबार बिहान भएको खेलमा सन्दीप आबद्ध बार्बाडोजले गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै उपाधि जितेको हो।

ट्रिनिड्राड एण्ड टोवाकोको ब्रायन लारा क्रिकेट एकेडेमीको रंगशालामा भएको खेलमा बार्बाडोजले टस जितेर पहिले ब्याटिङ गरेको थियो । उसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनायो।

Amazon Warriors XI: 1 Brandon King, 2 Chandrapaul Hemraj, 3 Shimron Hetmyer, 4 Shoaib Malik (capt.), 5 Nicholas Pooran (wk), 6 Sherfane Rutherford, 7 Keemo Paul, 8 Chris Green, 9 Romario Shepherd, 10 Ben Laughlin, 11 Imran Tahir.

Tridents XI: 1 Johnson Charles, 2 Alex Hales, 3 Shakib Al Hasan, 4 Phil Salt, 5 Shai Hope (wk), 6 Jonathan Carter, 7 Jason Holder (capt.), 8 Raymon Reifer, 9 Ashley Nurse, 10 Hayden Walsh Jr., 11 Harry Gurney.

१ सय ७२ रनको लक्ष्य पछ्याएको गुएना अमेजनले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रनमा सीमित भयो ।

Barbados win CPL 2019को लागि तस्बिर परिणाम

पहिले ब्याटिङ गरेको बार्बाडोजका लागि जोनाथन कार्टरले २७ बलमा ५० रन बनाई टोलीमा लागि महत्वपूर्ण योगदान गरे। बार्बाडोसको लागि ओपनर जोनसन चाल्र्सले ३९ रन र एलेक्स हल्सले २८ रन, अस्ले नर्सले १९,सकिव अल हसनले १५, साइ होपले ८ र क्याप्टेन जासन होल्डरले १ रनको योगदान दिए ।

बार्बाडोजलाई रोक्ने क्रममा गुयना अमेजन वारियर्सका इमरान ताहिर, बेन लौगालिन,रोमारियो सेफर्ड र किमो पौलले एक एक विकेट लिए ।

१ सय ७२ रनको लक्ष्य लिएको गुएना अमेजनका लागि ब्रेन्डन किंगले सर्वाधिक ४३ रन बनाए। किमो पौलले २५ र निकोलस पुरनले २४ रन जोडे । यस्तै वारियर्सका शेर्फेन रदरफोर्डले १५, रोमारियो सेफर्ड र सिमरन हेत्मयारले ९।९, क्रिस ग्रीनले ५, इमरान ताहिर र सोहेब मलिकले ४।४, चन्द्रपौल हेमराज र बेन लौघलिनले १ ।१ रन जोड्न सके ।

अमेजनलाई रोक्ने क्रममा सन्दीपको बार्बाडोसका रेमन राइफरले ४, अस्ले नर्स र ह्यारी गुर्नेले २।२ तथा हेडन वाल्स जुनियरले १ विकेट लिए ।

 

सीपीएल यस सिजनको सबै खेलमा अपराजित रहेको गुएना अमेजन फाइनलमा पराजित भएको हो।

यता समूह चरणका १० खेलमा ५ मा हार र ५ मा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्बाजोड पहिलो क्यालिफयरमा अमेजन वारियर्ससँग ३० रनले पराजित भएको थियो।

यस सिजनमा टीमको सुरुदेखि ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका थिए।

सिंगापुरमा भएको त्रिदेशीय र ओमानमा भएको पाँच देशीय टी–२० श्रृखला खेल्नका लागि सीपीएलको खेल छोडेर राष्टिय टोलीमा आवद्ध भएका कारण सन्दीपले बाँकी खेल खेल्न पाएनन ।

Share Now

Leave a comment.