Prakash Adhikari October 15, 2019

 

दुबई, (संयुक्त अरब इमिरेट्स),२८ असोज । नेपालको क्रिकेटको विकास गर्ने उद्देश्यले स्थापना भएको नेपाल क्रिकेट संघमाथि भएको निलम्बनको कारबाही अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फुकुवा गरेको छ ।

असोज २७ गते आईसीसीको मुख्यालय संयुक्त अरब इमिरेट्समा बसेको आईसीसी बोर्डको बैठकले नेपालको निलम्बन फुकुवाको निर्णय गरेको हो ।

नेपाल क्रिकेट संघमा अधिक राजनीतिक हस्तक्षेप भएको र आईसीसीले दिएको आर्थिक सहयोग खेलाडीको वृत्ति विकास र क्रिकेट खेलको आयोजना तथा क्रिकेट खेलको विकासमा लाग्ने स्थिति नरहेको जनाउदै उसले निर्वाचित नेपाल क्रिकेट संघलाई २०१६ मा निलम्बन गरेको थियो । यो निलम्बनपछिका तीन बर्षमा आईसीसीकै प्रत्यक्ष निगरानीमा नेपाल क्रिकेट संघको विधान संशोधन गरी प्रतिनिधि चयनको दायरा व्यापक बनाउनुका साथै क्रिकेट खेलप्रेमी र पूर्व खेलाडीहरुको सहभागितालाई सुनिश्चित गरिएको छ ।

Newly elected Team of CRicket Association Nepalको लागि तस्बिर परिणाम

संशोधित विधान अनुरुप आईसीसीके अगुवाईमा निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनमा चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमितिआएको छ । यो कार्यसमितिलाई राष्ट्रिय खेलकूद परिषद्ले पनि मान्यता दिएको छ । पहिले निर्वाचित कार्यसमितिलाई मान्यता नदिईकन खेलकूद परिषद्ले अर्को तदर्थ कार्यसमिति बनाएपछि विवाद चुलिदै निलम्बनको अवस्था सिर्जना भएको थियो ।

सोमबारको बैठकपछि आईसीसीका अध्यक्ष शशांक मनोहरले ‘नेपालमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसिएट सदस्यताको सबै मापदण्डहरु पालना गर्न नेपाल क्रिकेट संघको संक्रमणकालीन योजना बनाइने र नियन्त्रित फण्डिङ हुने जानकारी दिनुभएको छ ।

प्रेस विज्ञप्तिमा अन्य निर्णयहरु चारदिन सम्म चल्ने बोर्डबाट गरिने पनि जनाइएको छ ।

आईसीसीले जिम्बाब्वेको पनि निलम्बन हटाएको छ । जिम्बाबे क्रिकेटका अध्यक्ष, खेलकूद मन्त्री र जिम्बाबे खेलकूद आयोगका अध्यक्षसंग आईसीसीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच भएको बैठकमा आईसीसील राखेका शर्तहरु मानेकोले उसको निलम्बन पनि फुकुवा गरेको हो । अब उसले यू–१९ विश्वकप र २०२० पछि सुरु हुने आईसीसी सुपर लिगमा पनि भाग लिन पाउनेछ । उसले निलम्बनका कारण टी–२० विश्वकपको छनोट खेल्ने अवसर भने गुमाएको छ ।

आईसीसी बोर्ड बैठकले महिला क्रिकेटको पुरस्कार राशी बढाएको छ । अब अर्को वर्ष अष्ट्रेलियामा हुने प्रतियोगिताको विजेताले एक मिलियन र उपविजेताले ५ लाख डलर पाउनेछन् ।

यो २०१८ को विजेताले पाएकोभन्दा पाँच गुणा बढी हो ।

बैठकले यू–१९ महिला विश्वकप आयोजना गर्ने निर्णय गरेको छ, जुन २०२१ मा बंगलादेशमा हुनेछ ।

आईसीसीको सोमबारको बैठकले सन् २०२३ देखि २०३१ सम्मको ८ वर्षे कार्ययोजना पनि पारित गरेको छ । सो खेल चक्रम आठ पुरुष, आठ महिला, चार पुरुष यू–१९ र चार महिला यू–१९ का अन्तराष्टिय प्रतियोगिताहरु गरिने छन् ।

 

आईसीसी बोर्ड बैठकले एसोसिएट सदस्यहरुको खेलकूद विकास लागि २०२० मा ३०.५ मिलियन फण्ड छुट्याएको छ । यो २०१९ को भन्दा करिब १२ प्रतिशत बढी हो । आईसीसीले सबै ९२ एशोसियट सदस्यहरुलाई स्कोर कार्ड र आफ्नो सहयोग निर्देशिकाको आधारमा सहयोग दिनेछ ।

आईसीसीको सोमबारको बैठकले सन २०२० देखि २०२२ सम्मकालागि स्वतन्त्र निर्देशकको रुपमा पुन नियुक्ति गर्ने निर्णय गरेको छ भने आईसीसीको भावि संरचनाका सम्बन्धमा हेर्न क्रिकेट अष्ट्रेलियाका अर्ल इडिड.को अध्यक्षतामा न्यूजिल्याण्ड क्रिकेटका ग्रेग बार्कले, क्रिकेट स्कटल्याण्डका टोनी ब्रियन,पाकिस्तान क्रिकेट बोर्डका एहशान मणि,क्रिकेट साउथ अफ्रिकाका क्रिश नेन्जानी र क्रिकेट वेष्ट इण्डिजका रिकी स्करिट् सम्मिलित गभर्नेन्स वर्किड. ग्रुप बनाएको छ ।

Share Now

Leave a comment.