Prakash Adhikari October 25, 2019

 

काठमाडौं, ८ कार्तिक । देशकै आकर्षक रोजगारी मानिने नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुला भएको छ। बैंकको जनशक्ति ब्यवस्थापन विभागले ६७ जना कर्मचारी माग गर्दै विज्ञापन गरेको छ ।

अनलाईन आवेदन मार्फत माग गरिएको उक्त विज्ञापनमा तीन तहमा गरि कुल ६७ जना कर्मचारी माग गरिएको छ । बैंकले प्रशासन तर्फ सहायक (सहायक द्वितीय) पदमा सबैभन्दा धेरै३१ जना  कर्मचारी माग गरेको छ ।

यसैगरि प्रसाशन सहायक निर्देशक (अधिकृत तृतीय) पदमा २८ जना, तथा पदको लेखा तथा लेखा परिक्षण तर्फ ८ जना कर्मचारी पदप्रर्ति गरिने जनाएको छ ।

इच्छुक तथा योग्य आवेदकले कार्तिक २८ गतेसम्म साधारण दस्तुरमा तथा मंसिर ५ गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन मार्फत आवेदन दिन सकिने बताइएको छ ।

शैक्षिक योग्यता तर्फ प्रशासन तर्फ सहायक पदका लागि प्लस टु उत्तिर्ण भएको हुनपर्नेछ भने सहायक निर्देशक पदका लागि मान्यताप्राप्त विश्व विद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वा जनप्रसाशन विषयमा स्नाकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने निर्धारण गरिएको छ ।

यसैगरि सहायक निर्देशकको लेखा तथा लेखा परिक्षण तर्फ सिए/एसिसिए/ सिपिए परीक्षा उत्तिर्ण गरि स्नाकोत्तर सरहको समकक्षता प्राप्त गरेको हुनपर्छ।

Share Now

Leave a comment.