Prakash Adhikari April 22, 2026

 

किगाली(रुवाण्डा), ९ बैशाख । नेपालले आइसीसी वुमन्स च्यालेन्ज ट्रफीमा दोस्रो जित हात पारेको छ। नेपालले आज घरेलु टोली रूवान्डालाई २ विकेटले हरायो।

जितको लागि रुवाण्डाले दिएको ८९ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो।

खेलमा ओपनर सम्झना खड्का र विन्दु रावलले पहिलो विकेटको लागि ५१ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरूवात दिलाए। २१ बल खेलेर १० रन बनाएर विन्दु आउट भइन्। यसपछि वान डाउनमा पूजा क्रिजमा छिरिन्।

सम्झना ४८ रन जोडेर पूजा आउट भईन्। उनले ४२ बल खेल्दै ७ चौका सहित नेपालको लागि सर्वाधिक रन जोडिन्। उनी आउट हुँदा नेपालले ७४ रन बनाइसकेको थियो। यतिखेर नेपाललाई जितको लागि १५ रन जरूरी थियो। १५ रन जोड्ने क्रममा नेपालले ६ विकेट गुमायो।

कप्तान इन्दु बर्मा १ रनमा, कविता कुँवर रनको खाता नखोली आउट हुँदा कविता जोशी १ रनमा, पूजा महतो १३ रनमा, रुबि पोद्दार १ रनमा र रुबिना क्षेत्री २ रनमा आउट भए। रचना चौधरी ३ रनमा अविजित रहिन्।

नेपाललाई रोक्न रुवाण्डाका गियोभानिस उवासुले ४ तथा गिसेली इमीस्वी र हेनरेटी इमीस्वीले २।२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुवान्डा १९ ओभर ४ बलमा ८८ रनमा अल आउट भयो। रुवान्डाका खेलाडीहरूको ब्याटिङ निराशाजनक रहयो।

रुवाण्डाका लागि एलिस इकुज्युले‌ सर्वाधिक १७ रन बनाइन भने मार्भेल उवासीले १५ रन, क्लारिस उवासेले १३ रन र रोसिन इरेराले १२ रन बनाए।

यस बाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन्। रुवान्डाका खेलाडीहरूले ब्याटबाट मात्र ७० रन बनाए भने १८ रन रूवान्डाले नेपाली बलरबाट एक्स्ट्रा पाए।‌

रुवाण्डालाई रोक्ने क्रममा रचना चौधरीले ३ ओभरमा १२ रन मात्र दिएर ३ विकेट लिइन। कविता कुँवर र पूजा महतोले २र२ तथा मनिषा उपाध्याय र रिया शमाले १र१ विकेट लिए।

यसअघि नेपालले इटलीलाई जितेको थियो भने अमेरिकासँग हार ब्यहोरेको थियो।

Share Now