Prakash Adhikari October 26, 2019

 

काठमाडौं,८ कार्तिक । शिवम् सिमेन्ट्सको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारणसभाले पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले १५ प्रतिशत (कर बाहेक) का दरले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार नगद लाभाँस रकम वितरण प्रस्ताव साधारणसभाले पारित गरेको हो । कम्पनीले सर्व साधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको एक बर्ष नपुग्दै २ वटा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

उक्त साधारण सभाले आफ्ना शेयरधनीहरुलाई प्रति त्यसै गरी कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी ४ बर्षे कार्यकालका लागि ५ जना सञ्चालकहरुको निर्विरोध निर्वाचन समेत गरेकोछ । निर्विरोध निर्वाचित हुने संचालकहरुमा सुरेन्द्र कुमार गोयल, रघुनन्दन मारु, सन्दिप कुमार शारडा, अमित मोर र रोहित गुप्ता रहेका छन् ।

वार्षिक साधारण सभा सम्पन्न हुना साथ बसेको संचालकहरुको बैठकले नव निर्वाचित संचालक सुरेन्द्र कुमार गोयललाई कार्यकारी अध्यक्ष र रघुनन्दन मारुलाई कार्यकारी सञ्चालकको पूनः जिम्मेवारी दिंदै ६ सदस्यीय संचालक समितिको गठन समेत सम्पन्न गरेको छ ।

Share Now

Leave a comment.