Prakash Adhikari November 9, 2019

काठमाडौं, २३ कार्तिक । शुक्रबारबाट हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ प्रदर्शनमा आएको छ ।

रिलिजपूर्ण फिल्मको नामलाई कांग्रेस नेता शेरबहादुरसँग जोडेर विभिन्न खाले ट्रोल बनेपछि विवादमा आएको यो फिल्ममा अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।

उनीहरुले फिल्ममा साली र भेनाको भूमिका निभाएका छन् । निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् ।

फिल्मको मूलकथा अभिनेता निश्चलले निर्वाह गरेको ‘शेरे’ पात्रको वरिपरि घुमेको छ, जो विदेशमा कमाएको पैसा गाउँमा खेत किनेर तरकारी खेती गर्ने सपना पालेर स्वदेश फर्किन्छ ।

तर, विदेशमा दुःख गरेर कमाएको पैसाले किनेको खेत खोलाले बगाएपछि उसले खोलालाई नै मुद्धा हाल्छ । के उसले न्याय पाउँला ? २ घण्टा १५ मिनेट लम्बाईको फिल्मले यसको जवाफ दिँदै विट मारेको छ ।

बिहीबार भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीमा सञ्चालनमा आएको क्यूएफएक्स च्यानलको नयाँ शाखामा फिल्मको प्रिमियर आयोजना गरिएको थियो ।
फिल्म हेरेपछि दर्शक र समीक्षकहरुले कथावस्तु, कलाकारको अभिनय र निर्देशन उत्तम रहेको भन्दै फिल्मको मुक्तकण्ठले प्रशंसा गरे ।

Share Now

Leave a comment.