कीर्तिपुर(काठमाडौ),२३ कार्तिक । नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबले टि–२० खेलमा पनि जित हात पारेको छ ।
शनिवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको नेपालको यू–१९ र सिनियर खेलाडी सम्मिलित टिमसंग भएको खेलमा एमसीसीले नेपाली टीमलाई १ रनले १३ रनले हरायो ।
टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोली एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य लक्ष्य छ्याएको नेपाल १३ ओभर एक बलमा मात्र ७६ रनमा अलआउट भयो । नेपालका लागि कमल सिंह ऐरीले बनाएको १८ रन सर्वाधिक थियो । अन्य खेलाडीमा सन्दीप जोराले १६, कुशल भुर्तेलले १४, भीम शार्कीले १३ रन बनाए भने आरिफ शेखले ४, अमित श्रेष्ठले एक, कप्तान रोहित कुमार पौडेलले ६ रन बनाए ।
नेपाललाई हराउनका लागि एमसीसीका एड योङले अलराउण्ड प्रदर्शन गरे ।
ब्याटिङतर्फ ४२ रन बनाएका योङले बलिङमा पनि ३ विकेट लिए । यस्तै ओलिभर हानन डाल्बीले २ विकेट लिँदा क्रिस राइट र विल रोड्सले १।१ विकेट हात पारे ।
टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीले २० ओभरमा सात विकेट गुमाउँदै १सय ८९ रन बनाएको थियो ।
एमसीसीका लागि विल गोडलम्यानले ५४ रनको अर्धशतकीय योगदान दिए भने एड योङले ४२ रन बनाए । त्यस्तै माइल्स हाम्मोन्डले २९ रन बनाए ।
बलिङतर्फ राशिद खानले ३ विकेट लिए भने कमल सिंह ऐरी, जितेन्द्र मुखिया र सुशन भारीले १।१ विकेट हात पारे ।
रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा यू–१९ र सिनियर खेलाडीले एमसीसीसंग टी २० खेल खेलेका थिए छन् ।