काठमाडौं, ५ मंसिर । लामो समयको मौनता, अभ्यास, राजनीतिक गणितीय खेलपछि राजनीतिक स्थायित्वको सन्देशसहित विकासमा अग्रगतिको सन्देश दिएर यथास्थितिमा परिवर्तनको आभास दिन बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीस अनुसार भएको मन्त्रिपरिषद्को पुनर्गठन नेकपाभित्रै आलोचनाको विषय भएको छ ।
नेकपाभित्र स्पष्ट विचार राख्ने नेताको रुपमा परिचित पूर्वमन्त्री भीम रावल र प्रभु साहले अध्यक्षद्धयका गतिविधिमा प्रश्न उठाउँदै कार्यकर्तालाई जागृत गराउनुभएको छ ।
पहिले गृह र रक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालिसक्नु भएका नेकपाका नेता एवम् भीम रावलले मन्त्री हेरफेर सामान्य कार्य भए पनि अपनाइएको प्रक्रिया र चयन गरिएका व्यक्तिबाट नेकपाका इमान्दार नेता र कार्यकर्ता सोचनीय र गम्भीर अवस्थामा पुगेको बताउनु भएको छ।
उहाँले संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई मन्त्री चयनमा संलग्न बनाएको, नेकपाको अपमान नै हुने गरी उपेन्द्र यादवलाई कानूनमन्त्री बनाएको, धन र पुँजीबाट समानुपातिक सांसद बनेकालाई मन्त्री बनाएको, संविधानको समानुपातिक र न्यायको मर्मलाई आत्मासात नगरेको गम्भीर आरोप लगाउनुभएको छ।
नेता रावलका चार प्रश्न
१, संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष–विपक्ष) राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो ?
२, नेकपालाई बलियो र विजयी बनाउन रगत–पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र क।पा।को उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिलाजस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?
३, विगतमा क। पा। विरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो ?
४, संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त
मन्त्रिपरिषद् पुनर्गठनमा नेकपाका मधेसका सांसदहरु पनि सन्तुष्ट बन्न सकेका छैनन् । पूर्वमन्त्री तथा नेकपाका प्रदेश नं २ का संयोजक प्रभु साहले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो असहमति जाहेर गर्नुभएको छ ः
कार्यसम्पादन को आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो ।मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लज्जित भएकाछौ ।
https://www.facebook.com/PrabhuSahNp/posts/1065681693762943
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र सर्वशक्तिमान प्रधानमन्त्री केपी शर्मा ओलीका कदमको बचाउ गर्दै प्रभु साहलाई जवाफ दिने क्रममा पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले यस्तो कटाक्ष गर्नुभएको छ :
पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ । मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो । तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ । कसैले उहॉसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ ?
पार्टीको अनुशासन आयोग भर्खरै बनेको छ । यस्ता अराजक र अनुशासनहीन अभिव्यक्तिप्रति ध्यान जान जरूरी छ ।
अँ, साच्चै काशी तिवारी हत्याकाण्डको फ़ाइल पनि खुल्न लागेको हो र ? सभामुखमाथि त निर्मम रूपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है ।
https://www.facebook.com/bishnu.rijal/posts/10221746501638507
नेताहरु प्रभु साह र रिजालको जुहारीले सामाजिक सञ्जालमा राम्रै चर्चा पनि पाएको छ । केही जिज्ञासुहरुले यस्तो भनेका छन् :
Mahadev Saud एकदम सहि कुरा हो माननीय जी ! पैसा र पावरकै भरमा नया मन्त्रीमन्डल गठन भएको छ।।अनि बिना मगर,शक्ति बस्नेतको के काम छत केही काम गरेको देखिएन त?
Chesing Lama गोकर्ण बिष्ट, लालबाबु पण्डितहरु फेल हुने अनि प्रचण्डको बुहारीहरु, मोतिलाल दुग्गडहरु पास हुने, होइन कस्तो मन्त्रीमण्डल
अब जिब्रो पनि काटेर बाँच्नुस्
























