Prakash Adhikari November 23, 2019

काठमाडौं, ६ मंसिर । सरकारले ‘भ्रमण वर्ष २०२०’ सचिवालयको सदस्य(सचिवमा पर्यटन व्यवसायी तथा विज्ञ बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार श्रेष्ठलाई सदस्य(सचिवमा नियुक्त गरिएको हो।

श्रेष्ठ सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–६ का बासिन्दा हुनुहुन्छ। विगत दुई दशकभन्दा बढीसमयदेखि निरन्तर पर्यटन व्यवसायमा संलग्न श्रेष्ठले टेकिङ्ग एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को द्धितिय र प्रथम उपाध्यक्षको रूपमा कार्य गरिसक्नुभएको छ।

शुक्रबार पदभार ग्रहणपछि सचिवालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै सदस्यसचिव श्रेष्ठले भ्रमण वर्षको सफलताका लागि पर्यटनका सबै क्षेत्रसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।

Share Now

Leave a comment.