Prakash Adhikari November 30, 2019

काठमाडौं,१४ मंसिर । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदको उपनिर्वाचनको मतदान बिहान ७ बजेदेखि सुरु भएको छ ।

निर्वाचनका क्रममा कास्कीका २ मतदान केन्द्र नजिक बम विष्फोट भएको छ । त्यस बाहेकका अन्य निर्वाचन केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

२०७४ सालमा भएको तीन तहको निर्वाचनमा जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरु मध्ये ५२ जना जनप्रतिनिधिहरुको निधन भएकोले आज उपनिर्वाचन गरिएको हो ।

उपनिर्वाचनमा ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ। उपनिर्वाचनका लागि सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएकाले ढुक्क र निर्धक्क भएर मतदान गर्न आयोगले मतदातालाई आह्वान गरेको छ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन सबै मतदान अधिकृतलाई निर्देशन दिएको बताउनुभएको छ। साथै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकै घरपरिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने व्यवस्था छ।

आज हुने उपचुनावमा गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २, भक्तपुर, बागलुङ र दाङमा प्रदेश सभाको उपचुनाव हुन लागेको हो। त्यस्तै धरान उपमहानगरमा नगरप्रमुखका लायगि, फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्षको चुनाव हुँदै छ। त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको चुनाव हुन लागेको हो। विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान हुँदै छ।

उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्। जसमध्ये प्रतिनिधि सभातर्पm ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ।

Share Now

Leave a comment.