Prakash Adhikari December 26, 2019

पोखरा(कास्की), १० पौष । पोखरा प्रिमियर लिग ( पिपिएल )को दोस्रो संस्करण अन्तरगत बिहिबार भएको इलिमीनेटर खेलमा बिराटनगर टाईटन्सले बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गरी फाइनल पवेश गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा बुटबल टाईटन्सले दिएको १ सय ६६ रनको लक्ष्य पूरा गर्न सकेन । बुटबल ब्लाष्टर्सले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउदै १ सय ४४ रन मात्र बनाउन सक्यो । २१ रनको कमीमा फाइनल यात्राको आशा परित्याग गर्न पर्यो ।

बुटबलको लागि भीम सार्कीले ४४, अफ्लाउद्दिन अहमदले ४३, पुरण वि कले १५, शिभम् सिंहले १४, सोमपाल कामी ५, एस राना ४, अविनास बोहोराले ३ तथा नितेश थापा र हरिश टोड.कले २ । २ रनको योगदान दिए ।

बुटबललाई रोक्ने क्रममा पुनित मेहरा र साहब आलमले ३ । ३ तथा जितेन्द्र मुखिया, मोहम्मद जैद आलम र किशोरी महतोले १ । १ विकेट लिए ।

यस अगाडि टस हारेर पहिले ब्याटिंग गरेको बिराटनगर टाईटन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रनको योगफल तयार गरेको थियो।

बिराटनगरको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ६१ रन बनाए। यस्तै कप्तान प्रदिप ऐरीले अविजित ३३ रन बनाए । मोहम्मद जैद आलमले २० रन, लोकेश बम र पुनित मेहराले समान १९ रन बनाए भने मनिष थापाले २ रनको योगदान गरे ।

बिराट नगरलाई रोक्ने क्रममा बुटवल ब्लास्टर्सको ब्लैंगमा हर्ष टोन्कले सर्वाधिक २ तथा ललित भण्डारी र अविनाश बोहराले १ । १ विकेट लिए।

बुटवल लिग चरणको अंकतालिकामा दोश्रो तथा बिराटनगर तेश्रो स्थानमा रहँदै इलिमीनेटरको लागि छनौट भएका थिए।

चितवन भने लिगमा पाँच वटै खेलमा अपराजित हुँदै सोझै फाइनल प्रवेश गरेको थियो।

अब चितवन राइनोज र विराटनगर टाइटन्स उपाधिका लागि शनिवार फाइनलमा भिड्ने छन् ।

Share Now

Leave a comment.