Prakash Adhikari December 27, 2019

अल्माटी(कजाखस्तान), , पौष ११(बीबीसी) ।  कजाखस्तानमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।

दुर्घटनापछि विमानमा आगोको लागेन। विमानस्थलका अनुसार धेरै यात्रुहरू जीवितै फेला परेका थिए।

कम्तीमा ६० जना मानिसहरूलाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ। तिनमध्ये बालबालिका पनि छन्।

उडान नम्बर Z92100 भएको उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो।

मानवीय क्षति
अल्माटी विमानस्थलका अनुसार विमानमा ९३ जना यात्रु र पाँच चालक दलका सदस्य थिए।

कजाखस्तान
विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएर एउटा दुईतले भवनमा जोतिएको बताइएको छ।

कम्तीमा नौ जनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

उद्धारकर्मीहरू दुर्घटनास्थलमा पुगेको भिडिओ सार्वजनिक भएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन एउटा छानबिन समिति गठन हुने बताइएको छ।


घटनास्थलनजिकै रहेका रोएटर्स समाचारसंस्थाका एक संवाददाताले उक्त क्षेत्रमा बाक्लो कुहिरो लागेको थियो।

आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा उद्धार गरेका थिए।

विमानस्थलले जीवितै उद्धार गरी अस्पताल लगिएका ६० जनाको नाम प्रकाशित गरेको छ।

दुर्घटनाको इतिहास

भीआईपी उडान गर्ने उद्देश्यसहित सन् १९९९ मा स्थापित भएको उक्त कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। अहिले उक्त कम्पनी आफूलाई सस्तो विमानसेवाका रूपमा चिनाउँछ।

ऊसँग सातवटा फोकर-१०० विमान छन्।

 

सन् २०१३ मा पनि अल्माटीमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो।

त्यसको एक महिनाअघि देशको दक्षिणी भेगमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा २७ जनाको मृत्यु भएको थियो।

Share Now

Leave a comment.