Prakash Adhikari December 31, 2019

 

काठमाडौं,१५ पौष । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका तीन जनाको नाम सिफारिसमा परेका छन् । नेपाल राष्ट बैंकका पूर्व कर्मचारी भीष्मराज ढुँगाना, बोर्ड कर्मचारी निरज गिरी र अर्का आइएनजीकर्मी डा केशवप्रसाद श्रेष्ठ तीन जनाको नाम सिफारिस भएको हो ।

सेबोनको अध्यक्षका लागि आठ जना नामबाट अध्यक्ष सिफारिस समितिले पाँच जनाको नाम पठाएको थियो । उक्त पाँच जनाबाट अध्यक्ष बन्न अन्तिम तीन जनाको नाम प्रक्रियामा पठाएको हो ।

अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य रहेको छनोट समिति बनाएको थियो ।

Share Now

Leave a comment.