Prakash Adhikari January 14, 2020

काठमाडौं, २८ पौष । नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छलेको अर्बौको मुद्दा नेपालका प्रतिष्ठित व्यवसायिक घरानाले हारेका छन् ।

सर्वोच्च अदालतका प्राधानन्यायधीश चोलेन्द्र शमशेर राणा र प्रकाश ढुङ्गानाको पूर्ण ईजलाशले २०६७ सालको नक्कली भ्याट बिल प्रयोग गरेको मुद्दामा व्यवसायीहरुलाई दोषी ठहर गरेको हो ।

सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केट, अरुण कन्टिनेन्टल ट्रेडर्स, महेश बानियाँ, शंकर अक्सिजन ग्याँस प्रालि र एआईटी प्रालिले नक्कली भ्याटबील प्रयोग गरी कारोबार गरेको ठहर गर्दै उनीहरुमाथि आन्तरिक राजश्व विभागले तय गरेको जरिवारा तिर्न पर्ने फैसला गरेको छ ।

आन्तरिक राजस्व विभागले नक्कली भ्याट बिल प्रयोग गरी अर्बौ राजश्व छलेको आरोपमा छलिएको राजश्व तिर्न कारबाही थालेपछि सो प्रक्रियामा चित्त नबुझेको भन्दै व्यवसायीहरु सर्वोच्च अदालत पुगेका थिए ।

प्रधानन्यायधीशको ईजलाशले आन्तरिक राजश्व विभागको पक्षमा फैसला गर्दै व्यवसायीलाई दोषी ठहर गरेको अब उनीहरुले कर र जरिवाना सहित ठूलो रकम बुझाउनुपर्ने भएको छ ।

Share Now

Leave a comment.